• २०८३ असार ४
  • 2026 June 18, Thursday

सर्वोच्चका न्यायाधीशको नियुक्तिमा संसदीय सुनुवाइ आइतबार तय

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन न्यायाधीशको संसदीय सुनुवाइ आइतबार हुने भएको छ ।

संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाको सुनुवाइका लागि मिति र समय निर्धारण गरेको हो।

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीन जनाका सम्बन्धमा उजुरी दायर गर्नेहरूसँग छलफल गरेको थियो । छलफलपछि समितिले सुनुवाइका लागि आइतबारको मिति निश्चित गरेको हो ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सिफारिस गरेको थियो ।

प्रस्तावित न्यायाधीश पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई दुई वटा उजुरी परेको थियो भने अर्का प्रस्तावित न्यायाधीश थापाविरुद्ध एउटा उजुरी परेको थियो । उजुरीकर्तासँगको छलफल सकिएसँगै समितिले सुनुवाइको मिति तय गरेको हो ।