काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सुधार आएकोप्रति खुसी व्यक्त गरेका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नतिजा सुधारका लागि मेहनत गर्ने शिक्षक, विद्यार्थी र सरोकारवालाहरूप्रति धन्यवाद व्यक्त गरे।
उनले केही व्यक्तिहरूले अंक थपेर धेरै विद्यार्थीलाई पास गराइएको भन्दै तथ्यहीन टिप्पणी गरेकोप्रति असन्तुष्टि जनाए। प्रधानमन्त्री ओलीले भने, “बिना आधार केही मानिसहरू अंक थपिएको भनेर बोलिरहेका छन्, जसले मेहनत गरेर उतीर्ण भएका विद्यार्थीको अपमान हुन्छ।”
उनले नयाँ पुस्ताको उत्साहमा नकारात्मक असर पार्ने अभिव्यक्तिहरू नदिन आग्रह गर्दै मेहनतको सम्मान गर्न सबैलाई आह्वानसमेत गरे।