• २०८३ असार ४
  • 2026 June 18, Thursday

बुढानीलकण्ठमा बस्यो कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ  । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक सुरु भएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिइन् ।

बैठकले सोमबार दिउँसो एक बजे बोलाएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ ।