• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

प्रभु साहले संसदमै च्याते निजामती विधेयक ,पारित भए देश जलाउने चेतावनी

सांसद प्रभु साहले सरकारले संसदमार्फत पारित गर्न लागेको निजामती सेवा विधेयकप्रति आपत्ति जनाउँदै त्यसलाई ‘गरिबमारा’ विधेयकको संज्ञा दिएका छन्। उनले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त विधेयकले गरिबलाई लोकसेवाबाट वञ्चित गर्ने दाबी गरेका छन् ।

साहले विधेयकको विरोध गर्दै रोष्ट्रममै त्यसको कपी च्यातेर आक्रोश व्यक्त गरेका छन्। उनले चेतावनी दिँदै भनेका छन् , “यदि यो विधेयक पारित भयो भने देशमा आगो बल्नेछ, यो गरिबको भविष्यमाथिको प्रहार हो।”

विधेयकले लोकसेवा तयारी गरिरहेका निम्नवर्गीय युवाको अधिकार कुण्ठित गर्ने खतरा बोकेको छ,उनको भनाइ थियो ।

“यो विधेयक आयो भने गरिबका लागि कालो दिन हुनेछ,” उनले चेतावनी दिँदै भने, “यसका मतियारलाई इतिहासले माफ गर्ने छैन।”

साहले यस्तो ‘अपराधिक कार्य’को साक्षी बस्न नसक्ने भन्दै बैठक बहिष्कार गरेका छन्।