आज बिहानका लागि निर्धारण गरिएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित गरिएको छ। बिहान ८:३० बजेका लागि तय भएको बैठक अब दिउँसो २ बजे बस्ने गरी सारिएको हो।
बैठक स्थगित हुनुको कारण अस्थायी शिक्षकहरूको प्रतिस्पर्धा प्रक्रियामा देखिएको मतभेद हो। प्रतिस्पर्धाको अनुपात ६०/४० राख्ने कि ७५/२५ भन्नेमा सहमति जुट्न नसकेपछि बैठक पछि सारिएको हो।
यस विषयमा सहमति जुटाउन समितिको बैठकअघि समन्वय परामर्श उपसमितिले छलफल प्रयास गरेको थियो। अब शिक्षा मन्त्रालयले शिक्षक महासंघसँग थप परामर्श गरेपछि बैठक दिउँसो २ बजे पुनः बस्नेछ।