• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

विद्यालय शिक्षा विधेयकमा सहमति नजुटेपछि मन्त्रीले मागे थप समय

विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले थप समयको आवश्यकता भएको बताएका छन्।

उनले विद्यालय शिक्षा विधेयक आजै पारित गर्नु उपयुक्त नहुने भन्दै संसद बैठकमा समय माग गरेका हुन्। मन्त्री पन्तका अनुसार, शिक्षक महासंघसँग छलफल गरिएको थियो र त्यस क्रममा समितिमा भएको सहमतिको जानकारी पनि दिइएको थियो। तर, महासंघको सहमति नजुटेकाले आजको बैठक स्थगित गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।