• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

प्रधानमन्त्री ओलीमाथि मानव तस्करीको आरोप? माओवादी नेता दिपशिखाको गम्भिर प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लिएर नेकपा माओवादी केन्द्रका वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले गम्भिर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “प्रधानमन्त्रीज्यू, तपाई स्पेन भ्रमणमा जाँदा केही मानिसहरू लगेर उतै छोडेर फर्किएको आरोप छ। कति गएका र कति फर्केका हुन्, जनताले जवाफ चाहन्छ। प्रधानमन्त्रिको भ्रमणमै मानव तस्करीको आरोप लाग्नु राष्ट्रका लागि लज्जास्पद हो।”

दिपशिखा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट र पार्टीका केन्द्रीय सदस्यसमेत हुन्, जसले उनको आरोपलाई झनै गम्भिर बनाएको छ।

एमालेका एक नेताले भने, “यदि यस्तो आरोप प्रमाणित भएन भने यसको परिणाम राम्रो हुने छैन।”

भिजिट भिसा प्रकरणकै बेला आएको दिपशिखाको यो टिप्पणीले मुलुकको उच्चस्तरीय भ्रमणमाथि नै प्रश्न उठाएको छ।