आज पशुपतिनाथ दर्शन गर्ने भक्तजनका लागि निःशुल्क यातायात सुविधा उपलब्ध

काठमाडौं । यस वर्षको साउन महिनाको पहिलो सोमबारका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूको लागि निःशुल्क यातायातको व्यवस्था पनि गरिएको छ ।

धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा निःशुल्क बस सेवा उपलब्ध गराइएको हो । चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिनेछन् । यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालस्थित बुक डिपोले व्यवस्था गरेको छ भने दुईवटा बस यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको छ ।

पशुपतिनाथ दर्शनमा आउने भक्तजनका लागि निस्शुल्क बस सेवा दिइएको यो पहिलो पटक हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१