रूपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न आज रास्वपाको आवेदकहरूसँग छलफल

काठमाडौं। रवि लामिछाने नेतृत्वको रास्वपाले रूपन्देही–३ मा हुने उपनिर्वाचनमा उम्मेद्वार छनोटको लागि टाइमलाइन अनुसार आज आवेदकहरुसँग छलफल गर्ने भएको छ । यसअघि रास्वपाले सो क्षेत्रमा हुने उपनिर्वाचनमा भाग लिन इच्छुकहरु (आवेदन दिएका) हरुको नाम सार्वजनिक गरेको थियो ।

जसमा ९ जनाको नाम छ । ती उम्मेद्वारी दिन चाहनेहरुसँग रास्वपाले आज दिउँसो १ बजेबाट छलफल गर्ने भएको हो । यो छलफल साँझ ५ बजेसम्म चल्ने भएको छ ।

उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम अग्रवाल र मधुप्रसाद अर्यालले उम्मेदवार हुन रुचि राखेर आवेदन दिएका छन् । उनीहरुसँग आज पार्टी कार्यालयमा छलफल हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१