• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला समयमै निर्माण हुनुपर्नेमा ‘प्रचण्ड’को आग्रह

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

आज रंगशलाको निरीक्षणपछि उनले तोकिएको समयमा नै निर्माण पूरा हुनुपर्नेमा जोड दिएका हुन्। रंगशला क्रिकेट खेलाडी उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गरेका छन् ।

उनलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इन्जिनियर सन्तोष आचार्यले रंगशलाको प्रगति बारेमा जानकारी गराएका थिए । हालसम्म ३० प्रतिशत भौतिक भएको जानकारी दिए। भरतपुर महानगरपालिका–१५ मा संघ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रंगशला निर्माणाधीन छ। रंगशला २०८३ पुस २२ गते सम्ममा निर्माण पूरा गर्ने लक्ष्य छ । रंगशलाको निर्माण लागत रु ७८ करोड ५० लाख ९१ हजार छ ।