
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । खनाललाई भेट्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आज डल्लुस्थित उनकै निवासमा पुगेका थिए ।
भेटवार्ताका क्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा आइरहेको विग्रहको बारेमा र कम्युनिष्ट आन्दोलनलाई कसरी एकताबद्ध गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको बताइएको छ ।
साथै, अबको अवस्थामा वैज्ञानिक समाजवाद प्राप्तिको लक्ष्यलाई अगाडि बढाउन कार्यनीति र बाटाहरू के–के हुनसक्छन् भन्नेबारेमा पनि छलफल भएको थियो ।
भेटवार्ताका क्रममा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एकताको प्रसंग पनि उठाएका थिए । सो क्रममा सम्मानित नेता खनालले आफू वामपन्थी एकताको पक्षमा रहेको जवाफ दिएका थिए ।