• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेप्से २७.९० अंकले घटेर २८२२ विन्दुमा, १० अर्बभन्दा बढीको कारोबार

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक २७.९० अंकले घटेर ०.९७ प्रतिशतको कमी सहित २८२२.४६ विन्दुमा स्थिर भएको छ।

यस दिन कुल १० अर्ब २१ करोड १ लाख ४२ हजार रुपैयाँ बराबरका २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर कारोबार भए। बजार बन्द हुने समयमा ३० कम्पनीको सेयर मूल्य बढ्दा २२० कम्पनीको घटेको थियो।

कुल ३२४ कम्पनीको कारोबारमा ९८ हजार ५२५ कित्ता सेयर खरिद–बिक्री भएको थियो। १३ समूहमध्ये म्युचुअल फन्ड र ‘अन्य’ बाहेक सबै समूह सूचक राताम्य भएका थिए।