
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलहरुको बैठक बोलाएका छन् । प्रचण्डले आज दिउँसो साढे २ बजेका लागि विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रतिनिधिसभाको उपसभामुख हटाउनका लागि आ–आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । यसको विरुद्धमा रणनीति बनाउनका लागि विपक्षी दलको बैठक बोलाइएको बताइएको छ ।
विपक्षी दलहरुको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीलगायतलाई बोलाइएको छ ।