• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

अमेरिका भ्रमणबारे उपसभामुखमाथि कांग्रेसको प्रश्न, पदमुक्त प्रक्रिया अघि बढाउन छलफल

नेपाली कांग्रेसले अमेरिकामा उपसभामुख इन्दिरा राना मगर सरिक हुने कार्यक्रमबारे प्रश्न उठाएको छ।

बुधबार बसेको कार्यव्यवस्था परामर्श बैठकमा कांग्रेसले उपसभामुख सहभागी भएको भनिएको कार्यक्रमबारे शंका व्यक्त गरेको हो। बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले सभामुखलाई प्रश्न गर्दै भने, “उपसभामुख के कार्यक्रममा जानुभएको हो, संसदसँग सम्बन्धित हो कि होइन? एनजिओ वा आइएनजीओको कार्यक्रममा त जानुभएको होइन?”

सभामुख देवराज घिमिरेले उपसभामुख सहभागी हुने कार्यक्रम संसदीय कार्यक्रम नभएको पुष्टि गरेका छन्। उनले भने, “उहाँ अन्तिममा जान्छु भनेर भन्नुभयो, संसदीय कार्यक्रम होइन, हाम्रो पैसा खर्च हुने कार्यक्रम पनि होइन। उहाँ आफैं जानुभएको हो, फर्कने मिति स्वदेशमै जानकारी दिनुभएको छ।”

यसैबीच, उपसभामुखको आचरणमाथि प्रश्न उठाउँदै नेपाली कांग्रेस र एमाले दुबै पार्टीले उनलाई पदमुक्त गर्ने प्रक्रियाका लागि आफ्ना सांसदहरूमार्फत हस्ताक्षर संकलन सुरु गरेका छन्।