काँग्रेसको आह्वान : लिपुलेकमा अतिक्रमण हुन नदिन सबै दल एकजुट बनौं

काठमाडौँ। सत्तारुढ दल नेपाली काँग्रेसले लिपुलेकबारे भारत र चीनबीच भएको सहमतिप्रति असहमति जनाएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै काँग्रेसका महामन्त्री गगन थापाले दुई छिमेकी देशबीच भएको यो सहमति आपत्तिजनक र अस्वीकार्य भएको बताए ।

उनले भने, ‘सरकारले यसबारे जुन कदम अघि बढाएको छ । सबैलाई समेटेर अघि बढाओस् । हामी आग्रह पनि गर्न चाहन्छौँ । हाम्रै पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले ६ बुँदे ध्यानाकर्षण गराउनुभएको छ । त्यसतर्फ सरकारको ध्यान जाओस् ।’

उनले यो विषयमा नेपालका सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए । मतभेद भुलेर सबै राजनीतिक दलहरूले एक ढिक्का भएर नेपाली भूमिका अरूको आँखा पर्न दिने छैन भन्ने सन्देश दिनुपर्ने पनि थापाको भनाइ छ

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१