
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसा प्रकरणमा न्यायिक छानबिन समिति नै बनाउनुपर्ने माग दोहोर्याएका छन् ।
उनले यो प्रकरणमा व्युरोक्रेसीको मान्छेलाई मात्रै छानबिनको दायरामा ल्याउन खोजिएको भन्दै यसमा श्रम मन्त्रालय, गृह मन्त्रालय, अध्यागमन विभाग र दूतावासपनि संलग्न देखिएको भन्दै यसमा न्यायिक छानबिन नै हुनुपर्ने बताए ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सभामुखले पहल गरिदिँदा आफूहरुको माग सम्बोधन हुनसक्ने विश्वास पनि दिलाए । तर, माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी राख्ने र सदन बहिष्कार गर्ने उनको घोषणा छ ।
उनले देशमा विचौलियाहरुको तन्त्रले जालो फिंजाएको आरोप लगाए । घरिघरि सदन बहिष्कार गरेर हिँड्नुपर्दा जनताको विषय उठाउन नपाएको उनको गुनासो छ । रास्वपालेपनि सदन बहिष्कार गर्ने भनेको छ । रास्वपाका सांसद शिव नेपालीले बोलेका थिए