साना राष्ट्रप्रति हेपाहा प्रवृिविरुद्ध उभिन नेपालले भूमिका खेल्नुपर्छ : सांसद भट्टराई

काठमाडौँ । नेकपा एमालेका सांसद गोपाल भट्टराईले साना देशहरूलाई हेप्ने प्रवृतिविरुद्ध नेपाल रहनुपर्ने बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले चीन र भारतले नेपालको भूमि लिपुलेकलाई व्यापारिक नाका बनाउने गरी सम्झौता गरेको स्मरण गरेका हुन् ।

‘उनीहरूको खासगरी साना देशहरूलाई हेप्ने प्रवृत्ति छ त्यो प्रवृत्तिको विरुद्धमा हामी जानुपर्छ,’ सांसद भट्टराईले भने । पहिले पनि दुई देशले सम्झौता गरेको र नेपालले कूटनीतिक नोट पठाएको उनले बताए ।

पहिले देखि नै नेपालको भूमिमा भारतले सेना राख्ने काम समेत गर्दै आएको उनले बताए । प्रधानमन्त्रीको भ्रमणमा यो विषय उठाउनुपर्ने र समाधान गर्ने गरी अगाडि बढ्नुपर्ने उनको आग्रह छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१