
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ लाई भेट्न उनको निवासमा पुगेका छन् ।
चन्दको सचिवालय अनुसार प्रचण्ड सोमबार बिहान ललितपुरको हरिसिद्धिस्थित निवासमा पुगेको हुन् । उनीहरुबीच समसामयिक राजनीतिक अवस्था र दुई पार्टीबीचको एकताबारे छलफल भएको जनाइएको छ ।
गत साउन १६ गतेदेखि १९ गतेसम्म बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउन समिति बनाउने निर्णय गरेको थियो ।