
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच शिष्टाचार भेटवार्ता भएको छ ।
नेपाल भ्रमणमा रहेकी सुआन राष्ट्रपति पौडेललाई भेट्न सोमवार बिहान शीतल निवास पुगेकी हुन् ।
नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन् । सुआन भ्रमण सम्पन्न गरी सोमवार नै स्वदेश फिर्ता हुने तालिका छ ।