
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपाल आजदेखि देशभर सहरकेन्द्रित आन्दोलनमा जुटेको छ । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको विरोधमा आजदेखि यही भदौ १५ गतेसम्म देशव्यापी प्रदर्शन गर्दैछ ।
विधेयकमा हदबन्दी छुटको दुरुपयोग, अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्ने वियाय रहेको र यसले चुरे संरक्षणमा असर पर्ने भनेर जसपा नेपालले विरोध गर्दै आएको छ ।
जसपा नेपालका नेता दीपक कार्कीले विरोध प्रदर्शनका लागि यसअघि नै जिल्ला र प्रदेशमा सर्कुलर भएको बताए। भदौ १५ गतेसम्म प्रदर्शन गरेपछि सरकारले आफूहरूको विरोध सुन्ने विश्वास उनको विश्वास छ । अन्यथा, परिस्थिति बदलिन सक्ने उनको चेतावनी छ ।
उनका अनुसार १५ गतेसम्म प्रदर्शन गर्दा समेत सुनेन भने पनि सडक र सदनमा निरन्तर विरोध अगाडि बढ्ने छ ।