रविलाई भेट्न तीजका दिन फलफूल लिएर नख्खु जेल पुगिन् निकिता

काठमाडौं । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भेट्न पत्नी निकिता पौडेल नख्खु कारागार पुगेकी छन् । तीजको व्रत बसेकी निकिता फलफूल बोकेर पतिको आशीर्वाद लिन जेल गएकी हुन् ।

निकिताले हिजोमात्र रविलाई जमानतमा छोड्नुपर्ने माग लिएर उच्च अदालतको ढोका ढक्ढकाएकी थिइन् । रविलाई बिगो ताक्न र त्यस बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न दिन उनको माग छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१