
काठमाडाैं । सांसद ईश्वरीदेवी न्यौपानेले राज्यव्यवस्था तथा सुशासन समिति सभापतिका लागि मनोनयन दर्ता गरेकी छन् । न्यौपानेले आज संघीय संसद सचिवालयमा मनोनयन दर्ता गरेकी हुन् ।
बुधबार हुने समिति सभापतिको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट न्यौपानेले मनोनय दर्ता गरेकी हुन् । सत्तारुढ दलहरूले उनलाई राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बनाउने सहमति गरेका छन् ।
संघीय निजामती सेवा विधेयकअन्तर्गत ‘कुलिङ अफ पिरियड’ प्रकरणमा राजीनामा दिएपछि उक्त पद रिक्त रहेको छ । सो पदका लागि बुधबार निर्वाचन हुँदै छ ।