
काठमाडाैं । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर प्रहरीको नियन्त्रणमा छन्। उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।
महरविरूद्ध भदौ ९ गते पक्राउ पुर्जी जारी भएको थियो।
साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी आफैं प्रहरीमा उपस्थित भएको प्रहरी स्रोतले जनाएकाे छ ।
एमालेले केही समयअघि महरलाई आचरणको प्रश्न उठाएर केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। तर बझाङ प्रदेश सभा क्षेत्रमा उपनिर्वाचनअघि उनको निलम्बन एमालेले फुकुवा गरेको थियो।