सामूहिक बलात्कारमा परेकी १३ वर्षीया बालिका पुलिस स्टेशनभित्र पनि बलात्कृत

भारत । गाउँका चारजना युवकको सामूहिक बलात्कारमा परेकी किशोरी पुलिस स्टेशनभित्र पुनः बलात्कृत भएकी छिन् ।

भारतको उत्तर प्रदेशको ललितपुरको स्टेशन अफिसर (एसओ) माथि १३ वर्षकी दलित बालिकामाथि थानाभित्रै बलात्कारको आरोप लागेको छ ।

सामूहिक बलात्कारपछि ललितपुरको थाना पाली पुगेकी ती बालिकालाई त्यहाँका एसओले पुनः बलात्कार गरेको समाचार बीबीसी हिन्दीले लेखेकाे छ ।

घटनामा प्रहरीले बालिकाकी काकीसमेत तीनजना अभियुक्तलाई पक्राउ गरेको छ । ललितपुरका एसपीका अनुसार अभियुक्त एसओ तिलकधारी सरोज फरार छन् । प्रहरीले उनलाई पक्राउ गर्न हरसम्भव प्रयास गरिरहेको उनले जानकारी दिएका छन् ।

यो घटनाको एफआइआर तीन अप्रिलमा दर्ता गरिएको छ । गाउँका चारजना युवक चन्दन, राजभान, हरिशंकर, महेन्द्र चौरासिया, बालिकाकी काकी र पाली थानाका एसओ तिलकधारी सरोजको नाम लेखिएको छ ।

अभियुक्तमाथि २२ अप्रिलमा बालिकालाई ललाई फकाई गरी, लुकाएर भोपाल ल्याएर तीनदिनसम्म लगातार बलात्कार गरेको आरोप छ ।

गत अप्रिल २६ मा यी चारै जनाले बालिकालाई पाली प्रहरी चौकी नजिकै छाडेर भागेको पनि आरोप छ । एफआइआरका अनुसार इन्स्पेक्टरले ती बालिकालाई उनकी काकीलाई सुम्पेका थिए । उनले पनि उनलाई भगाएर लिएर जाने चन्दनकी बहिनीलाई दुई दिनका लागि सुम्पिएकी थिइन् ।

बालिकालाई २७ अप्रिलमा बयानका लागि बोलाइयो र बेलुका हुने बित्तिकै उनकी काकीले बालिकालाई थाना अध्यक्ष तिलकधारी सरोज भएकाे ठाउँ लिएर गइन् । बालिकालाई कोठामा लगेर बलात्कार गरियो ।

त्यसपछि बालिकालाई उनकी काकीलाई पुनः सुम्पिइयो । एफआइआरका अनुसार यो घटनाको कुनै पनि जानकारी बालिकाका आमा–बुवालाई दिइएन ।

२० अप्रिलमा जब बालिकालाई पुनः थाना ल्याइयो र उनलाई एनजिओ चाइल्डलाइनलाई सुम्पिइयो त्यसपछि काउन्सिलिङमा बालिकाले सबै कुरा बताएकाे समाचारमा जनाइएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१