• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

सागर डिस्टिलरीको आईपीओ २५ गतेदेखि, कस्ताे छ कम्पनीकाे वित्तीय स्थिति ?

काठमाडौं । नेपालमा मदिरा उत्पादन गर्ने प्रतिष्ठित कम्पनी सागर डिस्टिलरीले आईपीओ जारी गर्न लागेकाे छ । भदाैकाे २५ गतेदेखि जारी हुन लागेकाे आईपीओमा २९ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनकाे मुख्य उदेश्य कम्पनीकाे विस्तार र उत्पादन वृद्धि रहेकाे छ । यसका लागि पूँजी जटाउन आईपीओ जारी गर्न लागेकाे कम्पनीले बताएको छ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

सागर डिस्टीलरीकाे कुल १४ लाख ५२ हजार कित्ता सेयरमध्ये, १ लाख ४५ हजार २ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । भने बाँकी १३ लाख ६ हजार ८ सय कित्ता सर्वसाधारणका लागि खुला गर्न लागिएकाे हाे ।सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम ५० कित्तासम्म शेयर भर्न सक्नेछन् ।

कस्ताे छ त आईपीओ जारी गर्न लागेकाे सागर डिस्टिलरीकाे वित्तीय अवस्था ?

लगानीकर्ताले कुनैपनि कम्पनीमा लगानी गर्नुअघि कम्पनीको वित्तीय स्थिति, जोखिम स्तर, र बजार स्थितिलाई ध्यानपूर्वक मूल्याङ्कन गर्नु आवश्यक छ । कम्पनीले आफ्नो आर्थिक गतिविधि विस्तार गर्न शेयरमार्फत १४ करोड ५२ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्दैछ ।

इन्फाेमेरिक्स क्रेडिट रेटिङ नेपालले सागर डिस्टिलरीलाई आईआरएन बी प्लस इस्यूआर रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ । यसले सम्भावित लगानीकर्तालाई सचेत गराएको छ, कम्पनीको दीर्घकालीन वित्तीय स्थायित्व अझै बलियो अवस्थामा छैन ।

सागर डिस्टिलरीले आर्थिक वर्ष २०८१/८२ मा १८ करोड रुपैयाँको कारोबार गर्न सफल भएको छ । जुन अघिल्लो वर्षको तुलनामा २ करोडले वृद्धि हो । यद्यपि, यस अवधिमा कम्पनीले जम्मा १.३५% नाफा मार्जिन कायम राख्न सकेको छ, जसअनुसार अनुमानित नेट प्रॉफिट करिब २४ लाख रुपैयाँ मात्र रहेको देखिन्छ ।