• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

काठमाडौँ–सिड्नी उडानमा स्काइलक्स होलिडेजको विशेष अफर !

काठमाडौँ । स्काइलक्स होलिडेज प्रा. लि. ले आगामी सेप्टेम्बर १८, २५ र २७ का लागि काठमाडौँ–सिड्नी उडानमा विशेष फेस्टिवल ग्रुप फेयर सार्वजनिक गरेको छ। मलेसिया एयरलाइन्समार्फत हुने उक्त उडानमा ३० केजी सामान र ७ केजी हात झोला निःशुल्क बोक्न पाइने कम्पनीले जनाएको छ।

यस अफरमा सीमित सिट मात्र उपलब्ध हुने भएकाले छिट्टै बुकिङ गर्न कम्पनीले आह्वान गरेको छ। साथै, फ्लाइ एन्ड विन बिग अफरअन्तर्गत दुई भाग्यशाली विजेताले टिकट रकम फिर्ता पाउने अवसरसमेत रहने स्काइलक्स होलिडेजले जानकारी दिएको छ।

बुकिङका लागि कम्पनीको कार्यालय नागपोखरी, काठमाडौँमा सम्पर्क गर्न सकिनेछ। थप जानकारीका लागि ०१–४५४६०५० र ९८०१८३४०००/०२ नम्बरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।