• २०८३ असार २७
  • 2026 July 11, Saturday

काठमाडौंमा जेन–जीलाई शान्तिपूर्ण प्रदर्शनको अनुमति

जेन–जी समूहले काठमाडौंको माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेपछि प्रशासनले उनीहरूलाई निषेधित क्षेत्र बाहेक अन्य स्थानमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले जेन–जीका प्रतिनिधिहरू प्रशासन कार्यालयमा आएको पुष्टि गर्दै, “उहाँहरू भोलिको प्रदर्शनका लागि आउनुभएको थियो। निषेधित क्षेत्र बाहेक शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएका छौं,” भन्ने जानकारी दिए।

सरकारद्वारा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध, देशमा फैलिएको भ्रष्टाचार, तथा नेताहरू र उनीहरूका सन्तानको भड्किलो जीवनशैलीप्रति विरोध जनाउँदै जेन–जी समूहले सोमबार प्रदर्शन गर्ने घोषणा गरेका छन्।