• २०८३ जेठ २५
  • 2026 June 08, Monday

प्रहरीको गोली लागेर दुई पत्रकार घाइते, एक जनालाई सामान्य चोट

काठमाडौं। जेन जीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको रबरको गोली लागेर पत्रकार घाइते भएका छन् ।

नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेपछि अस्पताल लगिएको छ । यस्तै, यसअघि कान्तिपुर टिभीका श्याम श्रेष्ठ पनि घाइते भएका छन् ।

नेपाल प्रेसकर्मी उमेश कार्कीलाई पनि गोलीको छर्राले सामान्य चोट लागेको छ ।