कात्तिक महिनाका लागि २० वटा वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको ब्याजदर अनुसार कात्तिक महिनामा १४ वटा वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेको छ । ६ वटा वाणिज्य बैंकको ब्याजदर भने यथावत छ ।
असोजमा तुलनामा कात्तिकमा निक्षेपको अधिकतम ब्याजदर औसतमा ० दशमलव २६ प्रतिशतले घटेको छ । असोजमा व्यक्तिगत निक्षेपको औसत ब्याजदर ५ दशमलव ४६ प्रतिशत थियो भने कात्तिकमा घटेर ५ दशमलव २० प्रतिशतमा खुम्चिएको छ। यसअघि भदौको दाँजोमा असोजमा ब्याजदर औसतमा ० दशमलव ११ प्रतिशतले घटेको थियो ।
बैकहरुमा निक्षेप निरन्तर बढ्दै गएपनि सोही अनुरुप कर्जाको माग भने देखिएको छैन् । फलस्वरुप, बैंकहरुले प्रदान गर्ने निक्षेपको ब्याजदर पनि निरन्तर घट्दै गएको हो ।
कात्तिकमा कुन बैंकको निक्षेपको ब्याजदर कति ?
