अग्रणी डीटीएच सेवा प्रदायक तथा डिजिटल इनोभेसनमा निरन्तर अग्रसर कम्पनी डिसहोमले देशकै लोकप्रिय रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’ सँग नयाँ सहकार्यको घोषणा गरेको छ।
यस साझेदारी अन्तर्गत, डिसहोमले हालै सार्वजनिक गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रममार्फत अब ग्राहकहरूले काठमाडौं उपत्यकाभित्रका सबै डल्ले आउटलेटहरूमा विशेष छुट पाउनेछन्।
डिसहोमका सक्रिय ग्राहकहरूले ‘माइ डिसहोम’ एपमा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड देखाएर डल्ले रेस्टुरेन्टमा १०% छुट प्राप्त गर्न सक्नेछन्।
साझेदारी सम्झौतामा डल्लेका म्यानेजिङ डाइरेक्टर आलोक योन्जोन र डिसहोमका डेपुटी चिफ प्रोडक्ट अफिसर आदित्य भट्टराईले हस्ताक्षर गरेका हुन्।
परम्परागत नेपाली स्वादलाई आधुनिक ढङ्गमा प्रस्तुत गर्ने ‘डल्ले’ नेपाली खानाको क्षेत्रमा स्थापित ब्रान्ड हो। स्वादिष्ट भोजन, शान्त वातावरण र उत्कृष्ट सेवाका कारण डल्लेले देशभर शाखा विस्तार गरिरहेको छ।
डिसहोमले यस साझेदारीलाई केवल टेलिभिजन वा इन्टरनेट सेवामा सीमित नगरी, आफ्ना ग्राहकको जीवनशैलीमा थप सुविधा, मूल्यवृद्धि र बचत प्रदान गर्ने अभियानको निरन्तरताका रूपमा व्याख्या गरेको छ।