• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

घट्याे सुनचाँदीकाे भाउ, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ८०० रुपैयाँ घटेको हाे ।

घटेपछि छापावाल सुन प्रतितोला ९३ हजारमा आइपुगेको छ भने तेजावी सुनको भाउ ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको भाउ पनि सोमबारको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२३५ रुपैयाँमा कारोबार भइरहेको छ ।