• २०८३ जेठ २२
  • 2026 June 05, Friday

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् । गर्भनर डा. विश्व पौडेलले कात्तिक १९ देखि लागु हुने गरी पौडेललाई राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

कार्यकारी निर्देशक पौडेल हाल मानव संशाधन व्यवस्थापन विभागमा कार्यरत छन् । पौडेल विशिष्ट श्रेणीतर्फका कर्मचारी हुन्।

२०५९ सालमा सेवामा प्रवेश गरेका पौडेलसँग बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग लगायतको कार्यानुभव रहेको छ ।