काठमाडौं । देशकै अग्रणी डिजिटल सेवा प्रदायक कम्पनी डिशहोम फाइबरनेटले आफ्ना ग्राहकका लागि द ट्राङक्विलिटी स्पासँग सहकार्य गर्दै विशेष छुट कार्यक्रम सुरु गरेको छ।
उक्त सहकार्य अन्तर्गत डिशहोमका ग्राहकहरूले ट्राङक्विलिटी स्पाको विभिन्न सेवामा छुट पाउने छन्। कम्पनीका अनुसार यस अफरअन्तर्गत स्पा तथा सलोन सेवामा २५ प्रतिशत, सबै सलोन सेवामा २० प्रतिशत र ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमीमा हुने तालिममा ३० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
ग्राहकहरूले डिशहोमको myDishHome App मा भर्चुअल प्रिभिलेज कार्डमार्फत यो छुट प्राप्त गर्न सक्नेछन्।
यस साझेदारीलाई औपचारिक बनाउने क्रममा ट्राङक्विलिटी स्पाका प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिसहोमका चिफ अफ न्यु प्रोडक्ट डेभलपमेन्ट अफिसर सबिन महर्जन बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
‘यो साझेदारीले नेपालको अग्रणी स्पा र सलोन ब्रान्डलाई हाम्रो ग्राहकहरूलाई थप मूल्य, सहजता र सन्तोषजनक अनुभव प्रदान गर्ने प्रतिबद्धतासँग जोड्छ,’ डिसहोमका सीइओ तारा मानन्धर ले भने ।
डिसहोम भर्चुअल प्रिभिलेज कार्ड कम्पनीको ग्राहक सन्तुष्टि र समग्र जीवनशैली प्रवर्द्धन गर्ने व्यापक दृष्टिकोणको हिस्सा हो। यो पहलमार्फत डिशहोमले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन र खुद्रा क्षेत्रका विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई देशभर विशेष छुट, सुविधा र प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको छ।
आगामी महिनाहरूमा डिशहोमले आफ्नो साझेदार नेटवर्क अझ विस्तार गर्दै ग्राहकहरूका लागि थप रोमाञ्चक विशेषाधिकार र जीवनशैली लाभहरू ल्याउने योजना बनाएको छ।