Author: Hulak News

  • स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

    स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।

    जेन जेड आन्दोलनमा सरकारले बल प्रयोग गरेर १९ जनाको मृत्यु भएपछि पौडेलले पदबाट राजीनामा दिएका हुन् ।

  • सिंहदरबार प्रवेशमा जेनजीहरूको अवरोध

    सिंहदरबार प्रवेशमा जेनजीहरूको अवरोध

    काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबार छिर्ने प्रयास गरेका छन् ।

    मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको हो ।

    काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ । जेनजीहरुले आज विभिन्न राजनीतिक दलका पार्टी कार्यालय ,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् ।

     

  • भण्डारी निवासमा तोडफोड, एमाले पार्टी कार्यालयमा आगो लगाइयो

    भण्डारी निवासमा तोडफोड, एमाले पार्टी कार्यालयमा आगो लगाइयो

    कोशी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीको घरमा प्रदर्शनकारीले मंगलबार तोडफोड गरेका छन् । कफ्र्युको अवज्ञा गर्दै सडकमा उत्रिएका आक्रोशित प्रदर्शनकारीले भण्डारीको इटहरीस्थित घरको सिसा र अगाडिको गेट तोडेका हुन् ।

    ठूलो भीडले घरमा आगजनी गर्न खोजे पनि त्यहाँ अन्य भाडामा बस्ने मानिसहरू रहेको भन्दै केही प्रदर्शनकारीले विरोध गरेपछि आगो लगाउने प्रयास रोकिने प्रहरी स्रोतले जनाएको छ । भीडले ‘गोली हान्नेलाई कारबाही गर’ भन्दै नाराबाजी समेत गरेको थियो ।

    यसअघि आन्दोलनकारीले नेकपा एमाले इटहरी पार्टी कार्यालयमा प्रवेश गरी फर्निचर तोडफोड गर्दै आगजनी गरेका थिए । कार्यालयमा ठूलो संख्यामा पुगेका प्रदर्शनकारीले कुर्सी, टेबल लगायत सामग्रीमा आगो लगाएका थिए । एमाले कार्यालयमा आगजनी गरेपछि भीड मन्त्री भण्डारीको घरतर्फ मोडिएको थियो ।

    इटहरीमा जारी कफ्र्युका बीच भएको तोडफोड र आगजनीसँगै अवस्था अझै तनावपूर्ण बनेको छ । कोशी प्रदेशको राजधानी विराटनगरलगायत कोशी प्रदेशका सबै जिल्ला तनावपूर्ण अवस्थामा रहेका छन् ।

  • त्रिभुवन विमानस्थलबाट बन्द, पुग्यो सेना

    त्रिभुवन विमानस्थलबाट बन्द, पुग्यो सेना

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उडान बन्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलबाट हुने सबै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू बन्द भएका हुन् ।
    विमानस्थलतर्फ भिड बढ्दै गएको र गोठाटार, एयरपोर्ट आसपास लगायतका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र परिस्थिति प्रतिकुल बन्दै गएपछि विमानस्थल उडान बन्द भएको हो । असुरक्षा बढेपछि अहिले विमानस्थलमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
  • रास्वपा सांसद डा. तोषिमा कार्की दिइन् पदबाट राजीनामा

    रास्वपा सांसद डा. तोषिमा कार्की दिइन् पदबाट राजीनामा

    काठमाडौँ । रास्वपा सांसद डा. तोषिमा कार्कीले सांसद पदबाट हट्ने घोषणा गरेकी छन् ।

    उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै आफू जेन जेडको पक्षमा रहेको र २०७९ सालमा निर्वाचित सांसद नरहेको घोषणा गरेकी हुन् ।

  • प्रदेशसभा भवन घेराउ, प्रवेश गर्न खोज्दा झडप

    प्रदेशसभा भवन घेराउ, प्रवेश गर्न खोज्दा झडप

    विराटनगर । जेनजी पुस्ताले चलाइरहेको आन्दोलन मंगलबार बिहानैदेखि विराटनगरमा उग्र बनेको छ । सयौंको संख्यामा रहेका युवाहरू पूर्व र पश्चिम दुवै दिशाबाट कोशी प्रदेशसभा सचिवालयतर्फ अघि बढेपछि स्थिति तनावपूर्ण बनेको हो ।

    प्रदेशसभा भवनभित्र प्रवेश गर्न खोजेपछि प्रदर्शनकारी र प्रहरीले दोहोरो झडप भएको छ । ब्यारिकेट तोड्न खोजेपछि प्रहरीले नियन्त्रणका लागि अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको छ । प्रहरीले केही सेल अश्रुग्यास प्रयोग गरिएको जनाएको छ ।

    कफ्र्यु आदेश तोड्दै प्रदेशसभा सचिवालय अगाडि अगाडि बढेका युवामाथि प्रहरीले बल प्रयोग गरेपछि आन्दोलनकारी झन् आक्रामक बनेका छन् ।
    निरन्तर नाराबाजी जारी रहेकाले सुरक्षा निकायलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ ।

    विराटनगरका विभिन्न क्षेत्रमा अझै पनि तनाव कायमै छ । यस क्रममा शहरको पुष्पलालको शालिकसमेत तोडफोड गरिएको छ ।

  • देशैभर प्रदर्शन, पार्टी कार्यालयहरू तथा नेताहरूका घरमा आगजनी

    देशैभर प्रदर्शन, पार्टी कार्यालयहरू तथा नेताहरूका घरमा आगजनी

    जेनजीले थालेको प्रदर्शन दोस्रो दिन थप चर्किएको छ । अहिले देशैभर प्रदर्शनहरू भइरहेका छन् ।
    प्रदर्शनहरूले नेकपा एमालेको च्यासलस्थित केन्द्रीय कार्यालय, नेपाली काँग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयसँगै जिल्लाहरूमा रहेका पार्टी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेका छन् ।
    यस्तै, प्रदर्शनकारीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको काठमाडौँको बोहोराटारस्थित बोहोराटारस्थित घरमा तोडफोड गरेका छन् ।
    प्रदर्शनकारीहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको घरमा आगजनी गरेका छन् । मुख्य गेट तोडेर घरभित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् । यद्यपि, आगो लगाइँदा देउवा भने उनको निवासमा थिएनन् ।
    प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निजी निवासमा समेत आगजनी गरेका छन् । ओली निवासमा समेत आगजानी भएपछि प्रहरीले गोली चलाएको छ । जस क्रममा २ जना प्रदर्शनकारीहरू घाइते भएका छन् ।
    प्रदर्शनकारीहरूले देउवा पत्नी एवं परराष्ट्र मन्त्री आरजु राणा देउवाको धनगढीस्थित घरमा समेत आगजनी गरेका छन् । यसबाहेक, काठमाडौँको नैकापस्थित पूर्व गृहमन्त्री रमेश लेखकको घरमा समेत आगजनी गरिएको छ । काँग्रेस नेता बिमलेन्द्र निधी र एमाले नेता गोकुल बासकोटाको घरमा समेत आगजनी भएको छ । काँग्रेस नेता गगन थापाको घरमा ढुंगामुढा गरिएको छ ।
  • राष्ट्रपति पौडेल निवासमा आगजनी

    राष्ट्रपति पौडेल निवासमा आगजनी

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

    मंगलबार काठमाडौंको बोहोराटार स्थित पौडेलको निजी निवासमा आगजनी भएको हो ।

    हिजो सोमबार जेनजीको आन्दोलनमा सरकारको तर्फबाट दमन भएपछि आज युवाहरु झन् आक्रोसित भएका हुन् । जेनजी युवाहरु भ्रष्टाचारी सरकार हटाएर नयाँ सरकारको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

  • रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु

    रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु

    काठमाडौं । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ ।

    भर्चुअल माध्यमबाट जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी भइरहेको छ ।

    जेनजी आन्दोलन चर्किएपछि रास्वपा यो अवस्थामा पुगेको हो ।

  • घाइते भएकालाई विराट मेडिकलले निःशुल्क उपचार गर्ने

    घाइते भएकालाई विराट मेडिकलले निःशुल्क उपचार गर्ने

    मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले जेनजीको प्रदर्शनमा घाइते भएकालाई निःशुल्क उपचार गर्ने भएको छ ।

    हस्पिटलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै हालै नेपालका विभिन्न स्थानहरूमा भएका घटनाहरूमा घाइते भएका सबै व्यक्तिहरूको उपचार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क उपचार गर्ने भएको हो ।

    यसैगरी, हस्पिटलले एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन र आवश्यक परेका विभिन्न स्थानहरूमा सहजै उपलब्ध गराउने जनाएको छ ।
    आपतकालीन चिकित्सा प्रतिनिधी (भ्च्त्) टोली र आपतकालीन र आघात सुविधा आउन सक्ने कुनै पनि चुनौतीहरूको सामना गर्न आवश्यक सम्पुर्ण स्रोतहरूसहित पूर्ण रूपमा तयार रहेको हस्पिटलले जनाएको छ ।

    साथै कुनै पनि आपतकालीन अवस्थाको लागि ९७६१००२५३७,९७६१००२५३२,०२१–४२२६०१, ४२३१८२ मा सम्पर्क गर्न हस्पिटलले आग्रह गरेको छ ।
    विराट मेडिकलमा अत्याधुनिक आकस्मिक सेवा (इमर्जेन्सी) १०० भन्दा बढी बेडको संचालनमा रहेको छ । हस्पिटलले २४ सैँ घण्टा इमर्जेन्सी सेवा दिँदै आएको छ ।

    प्रेस विज्ञप्तिमा हस्पिटलले यस घटनामा दुर्भाग्यवश ज्यान गुमाउनु परेका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ।अस्पतालले सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई एकजुट भएर घाइतेहरूको उपचारमा जुट्न आह्वान गरेको छ । साथै राष्ट्रको लागि शान्ति, सुरक्षा र शक्तिको कामना गरेको छ ।