Category: हुलाक स्पेसल

हुलाक स्पेसल

  • यस्ता पुरुषलाई दिन्छन् महिलाहरुले बढी महत्व

    यस्ता पुरुषलाई दिन्छन् महिलाहरुले बढी महत्व

    -छोटो सम्बन्ध राख्न चाहने केटीहरु मात्रै पुरुषको गुड लुक्समा ध्यान दिन्छन् । दीर्घकालिन सम्बन्ध वा विवाह नै गर्ने अवस्थामा महिलाहरु पुरुषको गुड लुक्समा खास महत्व दिदैनन् ।

    -कमलो हृदय भएको र परोपकारी काम गर्न तत्पर हुने पुरुषप्रति महिलाहरु निकै आकर्षित हुन्छन् ।

    -सेन्स अफ ह्युमर भएका र बुद्धिमान पुरुषलाई महिलाहरुले बढी महत्व दिन्छन् । सेन्स अफ ह्युमर भएका पुरुषहरु जीवनमा आए भने जिन्दगी रमाइलो हुने र हासिखेली जीवन बिताउन पाइने महिलाहरुको विश्वास हुन्छ ।

    -साहसिक काम गर्न रुचाउने पुरुषहरु महिलालाई निकै मन पर्छन् ।

    -मिलेको दाह्री र जुँगा भएका पुरुषसँग महिलाहरु आकर्षित हुने गर्छन् ।

    -महिलाहरु आफ्नो उमेरभन्दा केही बढी उमेरको पुरुषसँग बैवाहिक सम्बन्ध कामय गर्न चाहन्छन् । आफूभन्दा केही बढी उमेरका पुरुष भएमा उनीहरु धेरैजसो काममा अनुभवी भइसकेका हुन्छन भन्ने महिलाको विश्वास हुन्छ ।

    -सजिलैसँग उपलब्ध नहुने, कहिलेकाही अटेरी गर्ने पुरुषको स्वभावले पनि महिलालाई आकर्षित गर्छ ।

    -जनावरहरुसँग खेल्ने पुरुषलाई महिलाहरुले असल प्रेमीको रुपमा बुझेका हुन्छन् ।

    -रातो रङ मिसिएको पोषाक मन पराउने पुरुषहरुप्रति महिलाहरु आकर्षित हुने गर्छन् ।

  • भीम रावलको पीएचडी नक्कली भएको बाबुराम भट्टराईकाे आशंका

    भीम रावलको पीएचडी नक्कली भएको बाबुराम भट्टराईकाे आशंका

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भीम रावलको पीएचडी नक्कली हो कि भन्ने आशंका गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत बाबुरामले यस्तो आशंका गरेका हुन् । उनले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीप्रति आपत्ति जनाउँदै यस्तो आशंका गरेका हुन् ।

    डा. भट्टराईले लेखेका छन् ‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ । ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’

    बाबुरामले आफू प्रधानमन्त्री हुँदा ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न चुनौती पनि दिएका छन् । रावलले एमसीसीको विषयमा लेखेको पत्रमा बाबुरामले गोप्य सम्झौता गरेको आरोप लगाएका थिए ।

  • गुहेश्वरी क्षेत्र अतिक्रमण गरेर बनाइएका टहरा १५ दिनभित्र हटाउन मन्त्री आलेको निर्देशन

    गुहेश्वरी क्षेत्र अतिक्रमण गरेर बनाइएका टहरा १५ दिनभित्र हटाउन मन्त्री आलेको निर्देशन

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका छन् ।

    आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गरी मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् । अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, बनकाली, गुहेश्वरी लगायतका क्षेत्रमा पुगेका थिए ।

    अनुगमनका क्रममा उनले पशुपति क्षेत्र भित्र निकै विकृति देखिएको बताए । पशुपति विकास कोषका यसअघिका पदाधिकारीहरुले मनोमानी ढंगले काम गरेको पाइएको भन्दै मन्त्री आलेले अव यसलाई सुधार गर्ने प्रतिवद्धता जनाए ।

    उनले पशुपतिमा फूल, रुद्राक्ष बिक्रीका लागि छुट्टै स्थान बनाए पनि धर्मावलम्वीलाई अप्ठेरो हुनेगरी सडकमा नै फूलमाला बिक्री गरिएको पाइएकोले यसलाई पनि व्यवस्थित गरिने बताए ।

    उनले पशुपति क्षेत्रमा निःशुल्क गाई पालनका लागि स्थान दिइएको प्रति पनि आपत्ति जनाए ।

  • बीचमा रूखसहित दायाँबायाँ पिच, सडक भयो ‘भाइरल’

    बीचमा रूखसहित दायाँबायाँ पिच, सडक भयो ‘भाइरल’

    तनहुँ । ऐतिहासिकस्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्र सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ ।

    सडकको बीच भागमा रहेको रूखलाई संरक्षण गरेर कालोपत्र गरिएको सडकले केही समययता चर्चा कमाएको छ ।

    सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको सङ्ख्या बढेको छ ।

    सडककै कारण यतिबेला तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको स्थानीयसमेत रहेका व्यास–११ का वडाध्यक्ष सञ्जय श्रेष्ठले बताए ।

    ‘शनिबार मात्र तनहुँसुरमा दुई हजारभन्दा बढी पर्यटकको आगमन रह्यो, केही समयदेखि ओझेलमा परेको तनहुँसुर विस्तारै चर्चामा आउन थाल्यो’, उनले भने  ।

    तनहुँसुरसम्म पुग्ने खड्गकाली मोटरमार्ग सङ्घीय सरकार र व्यास नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको छ । उक्त मोटरमार्गको ५.६ किलोमिटर खण्डमा कालोपत्र, पक्की नाला, ग्याविन जाली र वाल निर्माण कार्य पूरा भएको हो ।

    अब ऐतिहासिक तनहुँसुर दरबारसम्म पुग्न करिब साढे दुई किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको छ। हाल व्यास नगरपालिका–११ को रातमाटाबाट ढाँडखोलेसम्म कालोपत्र भएको छ ।

    कूल रु १० करोडको इष्टमेट भए पनि बोलपत्र प्रक्रियामार्फत ऋषि शक्ति जेभीले रु सात करोड ५१ लाखमा कालोपत्र र पक्की नाला निर्माण गरेको हो ।

    उक्त योजना कार्यान्वयनका लागि सङ्घीय सरकारले ५० प्रतिशत र व्यास नगरपालिकाले ५० प्रतिशत बजेट उपलब्ध गराएको थियो ।

    कालोपत्र सडकमार्फत अब तनहुँसुर दरबार दमौलीबाट आधा घण्टामा पुग्न सकिन्छ ।

    उक्त सडकको योजना छनोटका लागि तनहुँ क्षेत्र नम्बर १ का तत्कालीन एमाले सांसद तथा वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सहयोग रहेको छ । रासस

  • NeoCov भाइरस मानिसका लागि कति खतरनाक, डब्लूएचओले के भन्यो ?

    NeoCov भाइरस मानिसका लागि कति खतरनाक, डब्लूएचओले के भन्यो ?

    काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले शुक्रबार NeoCov (नियाेकाेभ) कोरोना भाइरसको बारेमा थप अध्ययन गर्नुपर्ने बताएको छ ।

    चीनका अन्वेषकहरूले दक्षिण अफ्रिकाको चमेरोमा नयाँ कोरोना भाइरस ‘नियोकोभ’ पत्ता लगाएका छन् । अहिले यो भाइरस जनावरमा मात्रै तीव्र गतिमा फैलिरहेको छ ।

    एक अध्ययनमा अन्वेषकहरूले यो भाइरस भविष्यमा मानिसका लागि खतरनाक साबित हुन सक्ने बताएका छन् ।

    कोरोनाभाइरस विभिन्न भाइरसहरूको समूह हो जसले सामान्य रुघाखोकीदेखि गम्भीर सास फेर्न समस्याहरू निम्त्याउन सक्छ ।

    डब्लूएचओले भनेकाे छ, ‘मानिसहरूमा देखा पर्ने सबै संक्रामक रोगहरूको ७५% भन्दा बढीको स्रोत जनावरहरू हुन् । विशेषगरी वन्यजन्तुहरू यसको ठूलो स्रोत हुन् । कोरोना भाइरस प्रायः जनावरहरूमा पाइन्छ । यसमा धेरै भाइरसहरूको प्राकृतिक भण्डार भएको चमेरो पनि समावेश छ ।’

    विश्व स्वास्थ्य संगठनले यो जानकारी प्रदान गरेकोमा चिनियाँ अनुसन्धानकर्ताहरूलाई धन्यवाद पनि दिएको छ ।

    अध्ययनका अनुसार नियाेकोभले कोविड-१९ भाइरस जस्तै मानव कोषहरूमा बाँध्न सक्छ । यसकाे एक थप उत्परिवर्तन मानवको लागि खतरनाक हुन सक्ने बताइएकाे छ । यद्यपि, यो अध्ययनबारे समीक्षा गर्न बाँकी छ ।

    अनुसन्धानकर्ताहरूका अनुसार यो भाइरस मध्य पूर्व रेस्पिरेटरी सिन्ड्रोम (एमइआरएस-मर्स) सँग मेल्दाेजुल्दाे देखिएकाे छ । यो भाइरल रोग पहिलो पटक साउदी अरबमा भेटिएको थियो । ‘मर्स-काेभ’ भाइरसकाे मृत्युदर अधिक मानिन्छ ।

    -बीबीसी हिन्दीकाे सहयाेगमा ।

  • काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने ?

    काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति गठन, को-को बने ?

    काठमाडाैं । नेपाली कांग्रेसले ३५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।

    कांग्रेसमा ४६ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति रहने व्यवस्था छ । शुक्रबार ३५ सदस्यीय समिति गठन भएपछि ११ जना थप गर्न बाँकी छ । त्यस्तै कांग्रेसले पार्टीको कोषाध्यक्ष पनि तोकिसकेको छैन ।

    यस्तो छ केन्द्रीय कार्यसम्पादन समिति :

    सभापति

    शेरबहादुर देउवा

    वरिष्ठ नेता

    रामचन्द्र पौडेल

    उपसभापति

    पूर्णबहादुर खड्का, धनराज गुरुङ

    महामन्त्री

    गगन थापा, विश्वप्रकाश शर्मा

    सहमहामन्त्री

    फरमुल्लाह मन्सुर, भीष्मराज आङदाम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे, जीवन परियार

    सदस्यहरू

    गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा.शशांक कोइराला, चित्रलेखा यादव, डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा.शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा.नारायण खड्का, जीपछिरिङ लामा, एनपी साउद र जीवनबहादुर शाही ।

  • हत्या अभियोगमा फरार युवकलाई १७ वर्षपछि साउदी अरेबियाबाट ल्याइयो

    हत्या अभियोगमा फरार युवकलाई १७ वर्षपछि साउदी अरेबियाबाट ल्याइयो

    काठमाडाैं । कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ ।

    इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा परिचालन भएको प्रहरी टोलीले बुधबार नेपाल ल्याएको हो । प्रतिवादी मगरले २०६१ मङ्सिर १३ गते मानबहादुर तामाङको हत्या गरेको मुद्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमतिप्राप्त भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयसँगको सहयोगमा खोजतलास गरेको थियो ।

    प्रतिवादी मगरलाई आवश्यक कानुनी कारबाहीका लागि उदयपुरको इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलालाई आज बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • निजी अस्पतालमा पनि काेराेनाविरुद्धकाे खाेप, यी अस्पतालबाट लगाउन सकिन्छ

    निजी अस्पतालमा पनि काेराेनाविरुद्धकाे खाेप, यी अस्पतालबाट लगाउन सकिन्छ

    काठमाडौं । कोभिड–१९को संक्रमण बढ्न थालेपछि काठमाडौंमा निजी अस्पतालबाट पनि खोप लगाउन थालिएको छ ।

    स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध गराउने व्यवस्था मिलाइएको हो ।

    काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप लगाउन पाइने स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

    यसअघि काठमाडौंमा ११ खोप केन्द्र थिए ।

    सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनि,लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीबाट यसअघि पनि काेराेनाकाे खाेप लगाइँदै आएकाे छ ।

    अहिले यी स्थानमा भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाउन पाइन्छ । खोप बिहान १० बजेदेखि ३ बजेसम्म लगाउन सकिन्छ ।

  • यस्ताे छ गृह मन्त्रालयकाे सर्कूलर, ‘लकडाउन’ गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई

    यस्ताे छ गृह मन्त्रालयकाे सर्कूलर, ‘लकडाउन’ गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई

    काठमाडाैं । काेराेना संक्रमण बढेपछि सरकारले स्थानीय प्रशासनलाई स्मार्ट लकडाउन गर्न सक्नेगरि अधिकार दिएको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार गृह मन्त्रालयले सर्कूलर जारी गरी संक्रमणको अवस्था हेरेर लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो ।

    संक्रमण बढेपछि सरकारले विभिन्न क्षेत्रमा कडाइ गर्न थालेको छ । सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने भएको छ ।

    ‘कोभिड १९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणको लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ र एकीकृत कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुले पहल गर्ने,’ गृहले जारी गरेको सर्कूलरमा भनिएको छ ।

    त्यस्तै सीमा नाकामा एन्टिजेन परीक्षणलाई प्रभावकारी बनाउन र संक्रमित देखिएकालाई आइसोलेसनमा राख्न सम्बन्धित जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्रलाई समन्वय गर्न निर्देशन दिइएको छ । सार्वजनिक स्थानहरुमा निःशुल्क कोभिड परीक्षण बुथ स्थापना गर्न समेत निर्देशन दिइएको छ ।

  • नारायणहिटीमा कफीसप सञ्चालनबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

    नारायणहिटीमा कफीसप सञ्चालनबारे छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

    काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा कफीसप सञ्चालनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

    होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी कफीसप सञ्चालन सम्बन्धमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले ठेक्का दिँदा नै मिलेमतो गरेर दिइएको निष्कर्ष निकालेको छ ।

    उक्त प्रतिवेदनमा दरबार संग्रहालय व्यवस्थापन समितिले तोकेको क्षेत्रफलभन्दा बढी क्षेत्रफल ओगटेर रेष्टुरेन्ट निर्माण गर्न दिएको निष्कर्ष निकालिएको छ।

    प्रतिवेदनको निष्कर्ष छ, ‘तोकिएको जग्गा भन्दा बढी क्षेत्र ओगटी निर्माण कार्य भएको देखिन्छ।’

    प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरले देशका अन्य भागमा पनि यस्ता सम्पदा, धार्मिक स्थल, पुरातात्विक महत्वमा स्थानमा अतिक्रमण र अनियमितता भइरहेको बताए ।

    हेर्नुहाेस् पूर्णपाठ :