Category: प्रविधि

प्रविधि

  • मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा जोड

    मिडिया काउन्सिल स्वायत्त हुनुपर्नेमा जोड

    काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आइतबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा प्रेस काउन्सिलका पदाधिकारीहरुसँग छलफल गरेको छ ।

    सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा प्रेस काउन्सिलका पदाधकिारीहरुले मिडिया काउन्सिल स्वायत्त हुनुपर्ने धारणा राखेका थिए ।
    समितिमा बोल्दै मिडिया काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले विधेयकको नाम मात्र परिवर्तन गरेर ल्याएको भन्दै स्वायत्तता आवश्यक रहेको बताए ।

    त्यस्तै, प्रेस काउन्सिलका सदस्य ठाकुर बेलवासेले सामाजिक सञ्जाललाई समेत मिडियाका रुपमा स्वीकार गर्दा दण्डहीनता बढ्ने बताउँदै विधेयक शंसोधन आवश्यक रहेको बताए ।

    बैठकमा समितिका सांसदहरुले संविधानले दिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकविरुद्ध कुनैपनि ऐन कानून बनाउन नहुने,पत्रकारलाई समेत निशिचत शैक्षिक योग्यता तोकी पत्रकारिता अनुमति पत्र लिने व्यवस्था गर्नुपर्ने र मिडिया काउन्सिललाई स्वतन्त्र निकायका रुपमा लैजाने गरी विधेयक संशोधन बताएका थिए ।

  • ‘मिडिया काउन्सिल विधेयकमार्फत प्रेस जगतलाई बाँध्न मिल्दैन’

    ‘मिडिया काउन्सिल विधेयकमार्फत प्रेस जगतलाई बाँध्न मिल्दैन’

    काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा शुक्रबार ‘मिडिया काउन्सिल विधेयक २०८०’माथि विज्ञहरूसहित छलफल भएको छ ।

    सिंहदरबारस्थित समितिको कार्यकक्षमा भएको छलफलमा सांसदहरुले मिडिया काउन्सिललाई संसद्प्रति जवाफदेही बनाउनुपर्ने र सरकारको विभागका रुपमा नभई स्वतन्त्र निकायका रुपमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

    छलफलमा सहभागी हुँदै सांसद कृष्णप्रसाद सिटौलाले इतिहासको विभिन्न कालखण्डमा प्रेस जगतले नेपालको सडक थामेको उल्लेख गर्दै विधेयकले पत्रकारिता क्षेत्रलाई बाँध्न नहुने बताए ।

    उनले भने, ‘०६२/६३को आन्दोलनदेखि त्यसबेलादेखि प्रेसले सडक थामेकै हो । जसले जस्तो भूमिका भएपनि प्रेसको अगुवाई थियो । संविधान निर्माण गर्ने बेला पनि प्रेस स्वतन्त्रता लेख्ने हो कि पूर्ण प्रेस स्वतन्त्रता लेख्ने भन्ने विषयमा विवाद भएको थियो । तर, त्यस्तो साहस अहिलेको पत्रकारितामा छैन । विधेयकले पनि पत्रकारितालाई बाँध्न हुँदैन ।’
    छलफलमा सांसदहरुले प्रेस जगत राज्यको चौथो अंग भएकाले यसले राजनीतिलाई बाटो देखाउनुपर्नेमा जोड दिए । सांसदहरुले विधेयकको सैद्धान्तिक पक्षमा स्पष्ट हुनुपर्ने, काउन्सिललाई सरकारले आफ्नो नियन्त्रणमा राख्न खोज्ने र अन्य निकायले सरकारले नियमन गर्न नहुने भन्नु विरोधाभाष भएको समेत उल्लेख गरे ।

  • ह्वाट्सएप : सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा

    ह्वाट्सएप : सबैभन्दा धेरै प्रयोगकर्ता भारतमा

    काठमाडौं । सामाजिक सञ्जालका विभिन्न एप फेसबुक, इन्ष्टाग्राम, युट्युव, गुगल, मेसन्जर र एक्स लगाएतका निकै चर्चित एप मध्ये ह्वाटस्एप पनि एक हो ।

    टेक्स्ट मेसिजिङ र भोइस कलका लागि प्रयोग गरिने सामाजिक सञ्जालको निकै लोकप्रिय एप ह्वाट्सएप बनेको छ ।

    ह्वाट्सएप मेसिजिङ र कल गर्नका लागि विशेष प्रयोग गरिन्छ । अडियो कल गर्न मिल्ने, ह्वाट्सएपमा गरिएको च्याटलाई ट्रान्सफर गर्न मिल्ने, ग्रुप च्याट गर्न मिल्ने, स्टाटस अपडेट गर्न मिल्ने, निजी रूपमा सन्देश अथवा सामान्य भाषामा मेसेज पठाउन मिल्ने, सामूहिक कुराकानी सरल तरिकाले गर्न मिल्ने ह्वाट्सएपका मुख्य सर्भिसहरु हुन् । ह्वाट्सएप प्रयोगकर्ताहरुका सरल सहज भएकाले हुन सक्छ। प्रयोगकर्ताहरुले धेरै रुचाएको ।

    ह्वाट्सएप बिजनेसका लागि पनि प्रयोग गरिन्छ । जहाँबाट पनि आफ्ना ग्राहकहरूमा जोडिन मिल्ने लगाएतका सर्भिसहरु छन् ।

    ह्वाट्सएप विश्वका १८० बढी देशहरुमा प्रयोग गरिएको छ भने ह्वाट्सएप चीन, नोर्थ कोरिया, सिरिया, कतार, र यूएईजस्ता देशमा ह्वाट्सएप प्रतिबन्ध लगाइएको छ । तर रोचक कुरा के छ भने प्रतिबन्धित देशहरुमा बढी प्रयोगकर्ता रहेको ह्वाट्सएप कम्पनिको तथ्याङ्कले देखाउँछ ।

    भारतमा सबैभन्दा धेरै ह्वाट्सएप प्रयोगकर्ताहरू रहेका छन् । भारतमा ५३५ दशमलव ८ मिलियन ह्वाट्सएप प्रयोगकर्ता रहेका छन् । भारतमा ह्वाट्सएप प्रयोगकर्ताको संख्या प्रत्येक वर्ष १६ दशमलव ६ प्रतिशतको दरले बढिरहेको छ । ह्वाट्सएप प्रयोगकर्ता धेरै भएको दोस्रा देश ब्राजिल हो। ब्राजिलमा १२९ दशमलव ३ मिलियन ह्वाट्सएप प्रयोगकर्ताहरू छन् ।

    यस्तै नेपालमा ८ दशमलव ६ मिलियन ह्वाट्सएप प्रयोगकर्ता रहेका छन् । महादेशको सन्दर्भमा हेर्ने हो भने कुल जनसङ्ख्याको ६१ दशमलव ५६ प्रतिशत ह्वाट्सएप प्रयोगकर्ता रहेका छन् ।

    ह्वाट्सएप विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड गरिएका एपहरूको सूचीमा पनि पहिलो स्थानमा छ । ह्वाट्सएप ४४ दशमलव ९३ मिलियनले डाउनलोड गरेका छन् । विश्वमा ३ दशमलव ०३ विलियन ह्वाट्सएप प्रयोगकर्ताहरु छन् ।

  • तपाईँले चलाइरहेको फोन धेरै तातिरहेको छ ? समाधानका यि उपाय अपनाउनुहोस्

    तपाईँले चलाइरहेको फोन धेरै तातिरहेको छ ? समाधानका यि उपाय अपनाउनुहोस्

    काठमाडौं । तपाईँले आफ्नो फोन चार्ज गर्दा, गेम खेल्दा, इन्टरनेट चलाउदा वा कुनै हेभि एप चलाउदा तातेको महसुस गर्नु भएको छ ? गर्मी महिनामा फोन तात्ने समस्या अझ बढी नै हुने गर्छ । फोन हल्का तात्नु स्वाभाविक नै हो । तर, अत्याधिक फोन तात्ने समस्यालाई हल्का रुपमा लिनुहुँदैन । यस्तो समस्याको समयमै समाधान गर्नु आवश्यक हुन्छ । किनकि, विद्युतीय उपकरणमा आउने खराबीले दुर्घटनासमेत निम्त्याउन सक्छ ।

    गर्मी महिनामा फोन किन बढी तातिरहन्छ ?

    लामो समयसम्म निरन्तर फोनको प्रयोग गर्दा यसको प्रोशेसरमा भार पर्ने भएकाले फोन तात्छ । हामीहरु लामो समयसम्म फोन चलाएर आफनो खल्तीमा फोन राख्ने गर्छौ । फोन खल्तीमा गुम्साएर राख्नाले पनि तात्ने गर्छ । फोन चार्जमा राख्दा विद्युतीय सञ्चारका कारण पनि फोन तात्छ । वायरलेस फोन सञ्चालनका लागि आवश्यक रेडियो सिग्नलको कमीले पनि फोन तात्छ । फोनमा धेरै इन्टरनेट चलाउने र भिडियो हेर्ने गर्नाले पनि फोन तात्ने समस्या धेरै हुने गर्दछ । चार्जमा लगाएर चलाउदा पनि फोन तात्ने गर्दछ । राती सुत्दाखेरी सिरानीमुनी राखेर सुत्नाले पनि फोन तात्ने गर्दछ । गर्मी मौसममा फोनमा आउने यि समस्या बाहेक फोनमा चार्ज नहुने समस्या पनि हुन्छ । फोनले ‘डिफेन्स मेकानिज्म’ का कारण चार्ज लिन छाड्न सक्छ । फोन निकै तातिएको अवस्थामा क्षति हुनबाट बचाउन यस्तो हुने गर्छ ।

    गर्मी महिनामा फोन तातिने समस्याबाट कसरी जोगिने ?

    फोन तातेको छ भने सबै एपहरूलाई बन्द गरेर फोन तत्कालै अफ गर्नुस् । यस्तो गर्दा फोनमा थप दबाब पर्दैन । सधैं ओरिजिनल चार्जर प्रयोग गर्नुहोस् । यदि तपाईंको फोन निकै तातिएको छ भने केही समय विश्राम दिनुहोस् । समस्या भएका र पुराना ब्याट्री भएका फोन सकेसम्म प्रयोग नगर्नुहोस् । ओभर चार्ज नगर्नुहोस् । चार्जिङ क्रममा फोन नचलाउनुहोस् । भौतिक क्षति भएको डिभाइस प्रयोग नगर्नुहोस् । निकै तातिए फोनको केस हटाउनुहोस् । वायरलेस चार्जरको सट्टा वायर्ड चार्जर प्रयोग गर्नुहोस् । फोनलाइ खल्तीमा गुम्सायर नराख्नुहोस् । राती सुत्दाखेरी फोन सिरानीमुनी नराख्नुहोस् ।

    फोन आजको समयमा साना बालबालिकादेखि युवायुवतीलगायत वृद्धवृद्धा सबैले प्रयोग गरिरेहका नै हुन्छौ । फोनले गर्दा कतिपय क्षेत्रमा नकरात्क असर पनि परेको छ भने फोनको फाइदा पनि उत्तिकै छ । त्यसैले फोन चलाउदा होसियारपूर्वक चलाउँ ।

     

  • इन्टरनेट सेवा प्रदायककाे नाकाबन्दी! बेरुजु विवादमा ‘इन्टरनेट ब्ल्याकआउट’ प्रयास

    इन्टरनेट सेवा प्रदायककाे नाकाबन्दी! बेरुजु विवादमा ‘इन्टरनेट ब्ल्याकआउट’ प्रयास

    काठमाडौं । भारतको दूरसञ्चार कम्पनी एयरटेलले नेपालका इन्टरनेट सेवा प्रदायकलाई दिइरहेकाे व्यान्डविथ आपूर्ति रोकेपछि नेपालमा धेरैजसो इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

    बिहीबार दिउँसाेदेखि नेपालका विभिन्न इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा समस्या देखिएको हाे ।

    इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)का एक अधिकारीले एयरटेलले व्यान्डविथ आपूर्ति रोकेको जानकारी दिए ।

    देशैभर वर्ल्डलिंक, भायानेट, सुबिसु सीजीलगायतका इन्टरनेट सेवा प्रदायकको इन्टरनेट स्लो हुने तथा चल्दै नचल्ने समस्या देखिएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ आयात गरेबापत भारतीय कम्पनीलाई तिर्नुपर्ने रकम तिर्न सिफारिस गरेको छैन । यसो हुँदा उनीहरूले भारतीय कम्पनीलाई भुक्तानी गर्न सकेका छैनन् ।

    सरकारलाई बक्यौता नतिरेको भन्दै सञ्चार मन्त्रालयले विदेशी मुद्रा सिफारिस नगरिदिएको हो ।

    सेवा प्रदायकहरूले आफूहरूले बक्यौता तिर्न बाँकी नरहेको दाबी गर्दै आएका छन् । यस्तोमा सरकारले भुक्तानी गर्न नदिँदा इन्टरनेट बन्द हुन सक्ने चेतावनी उनीहरूले दिएका थिए । अहिले भने एयरटेलले आपूर्ति नै रोकिदिएपछि यो समस्या आएकाे बताइएकाे छ ।

    ९ महिनादेखि ब्यान्डविथ खरिदबापतको भुक्तानी रोकिएपछि भारतीय कम्पनीहरूले नेपालको इन्टरनेट काटिदिने चेतावनी यसअघि नै दिएको आइस्पानले जनाएको थियाे ।

    निजी इन्टरनेट सेवा प्रदायकहरूले मर्मतसम्भार शीर्षकअन्तर्गतको बेरुजु रकम नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सिफारिसमा अवरोध खडा गरेपछि याे समस्या आएकाे हाे ।

    निजी इन्टरनेट सेवा प्रदायकहरूले आर्थिक वर्ष ०७७/७८ र ०७८/७९ मा सपोर्ट एन्ड मेन्टेनेन्स शुल्कअन्तर्गत रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम नतिरेको र त्यो दाखिल गरेपछि मात्रै सहजीकरण कार्य पुनः सुरु गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अडान लिएको छ ।

    सेवा प्रदायकहरूले भने अदालतको आदेश, संशोधित दूरसञ्चार नियमावली र आर्थिक ऐनले गरेको व्यवस्था, सार्वजनिक लेखा समितिका प्रतिवेदनहरूले नै मर्मतसम्भारमा रोयल्टी र आरटीडीएफ नलाग्ने दाबी गर्दै आएका छन् ।

    सञ्चार मन्त्रालयले गरेको अध्ययनअनुसार विभिन्न इन्टरनेट सेवा प्रदायकहरूले ०६९/७० देखि ०७८/७९ सम्म रोयल्टी, राजस्व तथा आरटीडीएफ दस्तुर र थप जरिवानासहित दुई अर्ब ४६ करोड बढी रकम तिर्न बाँकी छ ।

    इन्टरनेट सेवामा लाग्ने दूरसञ्चार सेवा शुल्क (टीएससी) मा सरकारले छुट दिए पनि मर्मतसम्भारको शुल्कमा लाग्ने रोयल्टी र आरटीडीएफ भने बुझाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

  • प्रतिबन्ध लगाउने अमेरिकी निर्णयविरुद्ध अदालत जादैँ टिकटक [भिडियो सहित]

    प्रतिबन्ध लगाउने अमेरिकी निर्णयविरुद्ध अदालत जादैँ टिकटक [भिडियो सहित]

    काठमाडौं । अमेरिकामा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउन ल्याएको विधेयकको विषय यतिवेला चर्चामा छ । अमेरिकामा टिकटक प्रयोगकर्ताहरुको सङ्ख्या हेर्ने हो भने करिब १० करोड ५० लाख छ । यति धेरै टिकटक प्रयोगकर्ता भएको देशमा किन टिकटकमाथि प्रतिबन्ध लगाइयो ? टिकटकको प्रतिक्रिया के छ ?

    लाखौँ अमेरिकी प्रयोगकर्तासँग सम्बन्धित डेटा टिकटकबाट चीनले हात पारेको वा पार्न सक्ने आशङ्का अमेरिकाको छ । टिकटकले प्रयोगकर्ताको डाटा चिनियाँ सरकारसँग सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण अमेरिकाले उक्त कानुन ल्याएको अमेरिकाको तर्क छ ।

    संसदबाट पारित भएको विधेयकमा अमेरिका राष्ट्रपति जो बाइडेनले टिकटकको स्वामित्वमा रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई यस एपबाट लगानी फिर्ता लिन वा अमेरिकामा प्रतिबन्धको सामना गर्न नौ महिनाको समय दिने विधेयकमा हस्ताक्षर गरेका छन् ।

    प्रतिनिधिसभाबाट विधेयक पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरिने संवैधानिक प्रक्रिया छ । उक्त विधेयकको विषयमा वर्तमान राष्ट्रपति जो बाइडनले विधयेक आफूकहाँ आएपछि अविलम्ब हस्ताक्षर गर्ने बताएका छन् ।

    अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउनेगरि ल्याइएको कानुन ‘असंवैधानिक कानुन’ भन्दै यसविरुद्ध अदालत जाने टिकटकले चेतावनी दिएको छ । टिकटकका मालिक सु जि चुले भने, ‘हामी विश्वस्त छौं र अदालतमा हाम्रो अधिकारको लागि लडाइरहनेछौँ ।’ उनले थपे, ‘तथ्य र संविधान हाम्रो पक्षमा छ, ढुक्क हुनुहोस् हामी कतै जाँदैनौँ ।’

    टिकटमा जारी भिडिओमा उनले आफूविरुद्ध ल्याइएको अमेरिकी कानुनको आलोचना गर्दै मानिसहरूलाई टिकटकले कसरी आफ्नो जीवनमा सुधार ल्याएको छ भनेर आफ्ना कथा सार्वजनिक गर्न आग्रह पनि गरेका छन् । उनले भनेका छन्, ‘कुनै गल्ती नगर्नुहोस्, यो प्रतिबन्ध टिकटकविरुद्ध मात्र नभई तपाई र तपाईंको आवाजमा लगाइएको प्रतिबन्ध हो ।’

    एउटा छुट्टै बयानमा टिकटकले भनेको छ, ‘सत्य के हो भने हामीले अमेरिकाको डाटा सुरक्षित राख्न अरबौँ डलर लगानी गरेका छौँ र हाम्रो प्लेटफर्म कुनै पनि प्रकारको दबाबबाट मुक्त छ ।’ यस्तै टिकटकका प्रमुख कार्यकारी शोउ जी चूले गत महिना उक्त सञ्जालको रक्षाका लागि आफ्नो “कानुनी अधिकार“ प्रयोग गर्न यथासम्भव सबै कुरा गर्ने बताएका थिए ।

    करिब चार बर्ष अगाडि तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । टिकटकमाथि प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतद्धारा खारेज पनि गरिएको थियो । पछिल्लो समय नेपाल लगायत १३ भन्दा बढी देशहरुमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ ।

  • युट्युवबाटै अर्बाै कमाउने मिस्टर बिष्टको कहानी (भिडियो सहित)

    युट्युवबाटै अर्बाै कमाउने मिस्टर बिष्टको कहानी (भिडियो सहित)

    काठमाडौं । सामाजिक सञ्जाल युट्युवबाटै बार्षिक २ दशमलव ६ करोड डलर अर्थात करिब ४ अर्व रुपैँया कमाउने विश्वका चर्चित युट्युवर हुन् मिस्टर बिष्ट ।

    युट्युवर बन्ने सपनाले स्कुल छोड्दा घरबाट निकालिएका बिष्ट अहिले विश्वका सबैभन्दा धेरै फलोर्स् भएका दोस्रो चर्चित युट्युबरका रुपमा निकै चर्चित छन् ।

    मिस्टर बिष्ट ! सन् १९९८ मा अमेरिकाको नर्थ क्यारोलिना सहरस्थित ग्रिनविल सहरमा जन्मेका जिम्मी डोनाल्डसन सामाजिक सञ्जालको संसारमा मिस्टर बिष्टको नामले फेमस छन्् । उनी विश्वका कन्टेन क्रियटरमध्ये पहिलो नम्बरमा र यस्तै विश्वकै सबैभन्दा धेरै सब्सक्राइबर भएका दोस्रो युट्युवरमा पर्छन् । मिस्टर बिष्टको नामबाट उनको आफ्नै युट्युब च्यानल छ । उक्त च्यानलमा २५ करोड सब्सक्राइबर छन् । यस्तै मिस्टर बिष्टका अन्य ४ वटा बिष्ट फिल्यान्थ्रोपी, मिस्टर बिष्ट गेमिङ्, बिष्ट रियाक्ट्स, मिस्टर बिष्ट टु नाम गरेका सब च्यानलहरु पनि छन् ।

    सन् २०१२ देखि युट्युव यात्रा सुरु गरेका विष्टले नोभेम्बर २०२१ देखि स्क्विट गेम खेलाउन थालेका हुन् । मानिसहरुलाइ मन पर्ने मनोरञ्जनात्मक गेमहरु खेलाएर दर्शकहरुलाई मनमोहित बनाउने काम गर्छन् । १२ वर्षको हुँदादेखि नै युट्युबमा भिडिओ पोस्ट गर्ने मिस्टर बिष्टले सामाजिक सञ्जाल युट्युवबाट नै आफ्नो पहिचान बनाए ।

    जती उनी युटुयुवमा सक्रिय छन् त्यती नै उनी सामाजिक सञ्जाल फेसबुक, इन्ष्ट्राग्राम र एक्समा पनि छन् । मिस्टर बिष्ट नाम रहेको फेसबुक अकाउन्टमा १ करोड ८० लाख, इन्ष्ट्राग्राममा ५ करोड १७ लाख मिलियन र एक्समा २ करोड ९३ लाख फलोर्स् छन् । सामाजिक सञ्जाल एक्समा एउटा भिडियो अपलोड गरेवाफत उनले २ लाख ६३ हजार डलर अर्थात करिब ३ करोड रुपैँया कमाएका थिए । अनलाइन संसारमा मिस्टर बिष्ट नामले परिचित भएपनि उनको रियल नाम हो जिम्मी डोनाल्डसन ।

    सन् २०१६ मा उनले स्कुलको पढाइ छोडेर भिडिओहरु कसरी भाइरल हुन्छन् भन्ने खोजी गर्न थाले । त्यतिखेर उनी १६ वर्षका थिए । ५ वर्षयता भिडिओ पोस्ट गरे पनि उनी सफल बनिरहेका थिएनन् । तर उनले आफ्नो युट्युबर बन्ने सपनालाइ मिहेनत र परिश्रमले निरन्तरता दिए ।

    उनले २०१७ मा पहिलो भिडिओ भाइरल भयो । उक्त भिडिओमा उनले आफ्नो कोठाको कुर्सीमा बसेर १ लाखसम्म गणना गरेका थिए । यसमा उनलाई ४० घण्टा लागेको थियो । त्यसपछि उनको फलोअर पनि बढ्न थाल्यो र विज्ञापन पनि आउनथाल्यो ।

    युट्युबर बन्छुभन्दा छोरालाइ घरबाट निकालिदिएकी आमाले अहिले उनको एकाउन्ट उनकी आमाले सम्हालिरहेकी छिन् । सानै उमेरमा युट्युब करिअर सुरु गरेका विष्टले सुरुमा धेरै संघर्ष गरेका कारणले होला उनका हरेक भिडिओमा लाखौँ करोडौं भ्युज आइरहन्छन् ।

    सामाजिक सञ्जालभरि राज गरिरहेका यती चर्चित युट्युवर कसरी कमाउन्छन् कति कमाउन्छन् र सम्पत्ति कति होला ? भन्ने तपाइको जिज्ञ्यासा पक्कै हुनसक्छ ।

    युट्युबबाट मिस्टर बिष्टले वार्षिक २ दशमलव ६ करोड डलरभन्दा धेरै कमाउँछन् । उनी आफ्नो युट्युब च्यानलमा विज्ञापनका माध्यमबाट कमाइ गर्छन् । आफ्नो मुख्य युट्युब च्यानलको लागि १० लाख डलर स्पोन्सरसिप शुल्क लिन्छन् । यसका साथै हरेक महिना व्यापारबाटै करिब २५ लाख डलर कमाउँछन् । मिडिया रिपोर्ट्सअनुसार उनको कुल सम्पत्ति नै १० करोड डलर छ ।

    बिष्टका साना बालबालिकादेखि वृद्धवृद्धासम्मको फ्यानहरु छन् । उनले गेम मात्रै खेलाउदैनन् । समाजमा गरिब, असहाय मानिसहरुको सहारा पनि बन्ने गर्छन् । बिष्टले सिन्धुलीको फिक्कलमा रहेको एउटा अस्पताललाई सोलार बत्तीले झिलीमिली बनाएको कुरा प्रायः सबैलाइ अवगतनै होला । त्यसैले पनि होला विश्वभरि उनलाइ धेरै माया मानिसहरुको कमी छैन् ।

  • भारतीय राजदूतावासले मनायो ५९ औं आइटेक दिवस

    भारतीय राजदूतावासले मनायो ५९ औं आइटेक दिवस

    काठमाडाैं । भारतीय राजदूतावास काठमाडौंले शुक्रवार ५९ औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

    उक्त कार्यक्रममा संसदका कैयौं सदस्य, वरिष्ठ सरकारी अधिकारी, आइटेक अलम्नाइ (भूतपूर्व विद्यार्थी), भारतका शैक्षिक संस्थाका प्रमुख पूर्व नेपाली विद्यार्थी गरी करिब ३ सय जनाको उपस्थिति रहेको थियो ।

    नेपाल लगायत १६० भन्दा बढी साझेदार देशहरुलाई भारतका उच्च शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरुमा दुवै अल्पकालीन र दीर्घकालीन क्षमता अभिवृद्धि कार्यक्रमहरुमा संलग्न गराई आइटेक कार्यक्रमले भारतको शासन विधि तथा विकास सम्बन्धी विशेषज्ञताको विशाल एवम् समृद्ध सञ्जाललाई समेटेको छ । यो कार्यक्रम सन् १९६४ मा सुरु भएको हो । यसलाई विश्वभरका २,००,००० भन्दा बढी सरकारी अधिकारी, पेशाकर्मी र वरिष्ठ उद्योग प्रतिनिधिहरुले उपयोग गरेका छन् ।

    आइटेक दिवस कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले भारतको अन्य देशसँगको साझेदारी ‘वसुधैव कुटुम्बकम्’ र ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ सिद्धान्तमा आधारित रहेको बताए । भारत–नेपाल क्षमता अभिवृद्धि साझेदारीमा भएका प्रगतिलाई चिनाउन ५९ औं आइटेक दिवस मनाइएको हो । सन् २०२३–२०२४ मा, नेपालको सन्दर्भमा अहिलेसम्मकै उच्च, ४४० भन्दा बढी आइटेक सिट प्रयोग भएको जानकारी दिदै वहाँले नेपालका सरोकारवालाहरुको रुचिलाई ध्यानमा राख्दै आइटेक अन्तर्गत प्रशासक, रेलवे अधिकारी, कृषिविद्, संसदीय अधिकारीका लागि अझ बढी कस्टमाइज्ड कोर्षहरु ल्याइने बताए ।

    वरिष्ठ आइटेक अलम्नाइ–राष्ट्रिय न्यायिक प्रतिष्ठानका कार्यकारी निर्देशक न्यायाधीश वैद्यनाथ उपाध्याय, नेपालका माननीय महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अवकाश प्राप्त सचिव दिनेश घिमिरे, संघीय संसद सचिवालयका सचिव रोजनाथ पाण्डे, सैनिक तालिम महानिर्देशनालयका उप रथी सन्तोष कुमार ढकालले प्यानल छलफलमा सहभागी भई आ–आफ्नो आइटेक अनुभवबारे बताएका थिए । कार्यक्रममा प्रख्यात कलाकार काकाली बोसको नेतृत्वमा भारतबाट आएको नृत्य मंडलीले मनमोहक ओडिसी नृत्य प्रस्तुत गरेको थियो ।

    एम्सका पूर्व विद्यार्थी एवम् माननीय सांसद डा. शेखर कोइरालाले पनि विकास र शिक्षाको क्षेत्रमा भारत–नेपालबीचको सहकार्यलाई अघि बढाउने विषयमा आफ्नो अनुभव र विचार सुनाए ।

    सन् २०२३–२०२४ मा नेपालका ४४४ पेशाकर्मीलाई भारतका विभिन्न प्रतिष्ठित संस्थानहरुमा विभिन्न कोर्षमा तालिम दिइएको थियो । जलस्रोत व्यवस्थापन, जलविज्ञान, सिंचाइ जल व्यवस्थापन आदि विविध विषयमा दुई वर्षे एम।टेक अध्ययन गर्न नेपाल सरकारका ३० जना इन्जिनियर भारतीय प्रौद्योगिकी संस्थान रुड्कीमा भर्ना भएका छन् ।

    आइटेक अन्तर्गत नेपालका युवा थिङ्क ट्याङ्करअनुसन्धानकर्ताले दिल्लीको सेन्ट स्टीफन्स कलेजमा नेबरहुड–फस्र्ट फेलोशिप कार्यक्रममा भाग लिएका थिए । ५० जना डाक्टर, ३० जना सरकारी वकिल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका २५ जना, राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपालका १५ जना सदस्य, नेपाल पुलिसका १८० जना, सशस्त्र प्रहरी बलका २५ जनाका लागि सन् २०२३–२०२४ मा भारतका ६ वटा प्रतिष्ठित संस्थानमा २१ वटा कस्टमाइज्ड कोर्षको व्यवस्था गरिएको थियो ।

    घनिष्ठ एवम् नजिकको छिमेकी भएको नाताले भारत सरकारको आइटेक पहलमा नेपाल एक सक्रिय साझेदारको रुपमा रहेको छ । गएको पन्ध्र वर्षमा मात्रै नेपालका २००० भन्दा बढी अधिकारीलाई आइटेक अन्तर्गत तालिम दिइएको छ । भारतको प्रयासको एक हिस्साको रुपमा रहेका यस्ता क्षमता अभिवृद्धि कार्यक्रमले नेपालको मानव संसाधन विकासमा सहयोग मात्र नपुर्याई यस्ता अनुभवबाट पाठ सिक्दै यस क्षेत्रको समग्र सामाजिक–आर्थिक विकासमा योगदान पुर्‍याएको छ ।

  • इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप्, दोस्रो टिकटक

    इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप्, दोस्रो टिकटक

    काठमाडौं। विश्वको नम्बर १ एप इन्स्ट्राग्राम बनेको छ ।

    सेन्सर टावरको रिपोर्ट अनुसार विश्वमा इन्स्टाग्रामको डाउनलोड २० प्रतिशतले बढेको छ ।

    सन् २०२३ मा इन्स्टाग्राम एप ७६ करोड ७० लाख पटक डाउनलोड भएको थियो, जुन अघिल्लो वर्ष अर्थात २०२२ को तुलनामा २० प्रतिशत बढी हो।

    टिकटक ७३.३ करोड पटक डाउनलोड गरि दोस्रो स्थानमा परेको छ ।

     

  • नेपाल–भारत डिजिटल भुक्तानी सुरु

    नेपाल–भारत डिजिटल भुक्तानी सुरु

    काठमाडाैं । नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेसनल पेमेन्ट लिमिटेड र नेपालको भुक्तानी नेटवर्क फोन पे पेमेन्ट सर्भिसबीच सीमापार भुक्तानीका लागि युनिफाइड पेमेन्ट इन्टरफेस(यूपीआई) सञ्चालन गर्ने सहमति भएको छ ।

    सेप्टेम्बरमा भारतमा आयोजित ग्लोबल फिन्टेक फेस्ट- २०२३ मा गरिएको अनावरण कार्यक्रमपछि दुवै संस्थाहरू अब पूर्ण रूपमा सञ्चालनमा आएका छन् । यसले दुई देशबीच क्यूआर कोडमा आधारित व्यक्तिदेखि व्यापारी लेनदेनको सुविधा सुचारू भएको छ ।

    यो साझेदारीले पहिलो चरणमा भारतीय उपभोक्ताहरूलाई यूपीआई चल्ने एपहरू प्रयोग गरेर नेपालका विभिन्न व्यापारिक स्टोरहरूमा तत्काल, सुरक्षित र सुविधाजनक भुक्तानीहरू गर्न सक्षम बनाउँछ ।

    फोनपे नेटवर्कका सहभागी सदस्यहरूले भारतीय ग्राहकबाट निर्बाध रूपमा भुक्तानी लिन सक्छन् । यो डिजिटल जडानले छिमेकी राष्ट्रहरू भारत र नेपालबीचको जन–जनबीचको गहिरो जराको सम्बन्धलाई सुदृढ पार्ने काम गर्छ । एनआईपीएल र फोनपे भुक्तानी प्रणालीहरूको एकीकरणले सुविधा र दक्षताको नयाँ युगको शुरूआत गर्दै दुवै देशका नागरिकहरूबीचको सीमापार लेनदेनमा क्रान्तिकारी परिवर्तनलाई चिह्न लगाउँछ।

    यो कोशेढुङ्गाले दुई भुक्तानी प्रणाली अपरेटरहरूबीच सफल साझेदारी मात्र होइन, दुई मित्र राष्ट्रहरूबीचको डिजिटल जडान र सहकार्यको नयाँ युगको प्रतीक पनि रहेको विश्वास गरिएको छ ।

    यसबारे बोल्दै एनआईपीएलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले भने, ‘हामी नेपालमा यूपीआई भुक्तानीहरू गर्न फोनपेसँग हात मिलाउन पाउँदा खुसी छौं । यो पहलले डिजिटल पेमेन्ट स्पेसको आविष्कार गर्ने हाम्रो प्रतिबद्धतालाई मात्र होइन, व्यापारका लागि नयाँ अवसरहरू सिर्जना गर्ने, दुई राष्ट्रहरूबीचको सम्बन्धलाई बलियो बनाउने हाम्रो समर्पणलाई पनि झल्काउँछ । हामीले यो साझेदारीलाई यस क्षेत्रमा थप वित्तीय समावेशीकरण र आर्थिक समृद्धिको उत्प्रेरकको रूपमा परिकल्पना गरेका छौं । यससँगै रूपान्तरणको यात्रा शुरू गर्न उत्साहित छौं ।’

    फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, ‘यो सीमापार भुक्तानी समाधानले दुई देशबीचको आर्थिक सम्बन्ध, वाणिज्य र पर्यटनमा उल्लेखनीय सुधार ल्याउने मेरो विश्वास छ ।’