काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठूलो गठबन्धन नभएको स्पष्ट पारेका छन् ।
एमसीसी विरुद्धमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनकाविरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसकने बताए ।
उनले जनमोर्चाले गठबन्धन जोगाउन भन्दा मुलुकलाई जोगाउन लागि पर्ने जिकीर गरे । अहिले संसद र न्यायालयलाई दलहरुले ध्वस्त पार्ने काम गरेको उनको भनाइ छ । उनले एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरुले बेठिक काम गरेको पनि बताए ।
एमसीसीका नाममा नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको भन्दै यस विषयमा राजनीतिक दलहरु गम्भीर हुनुपर्ने उनले बताए । केसीले एमसीसीमार्फत अमेरीकाले नेपाललाई चीन विरोधी अखडा बनाउन खोजिएको र नेपालको जलश्रोतलाई कब्जा गर्न खोजेको जिकीर गरे ।
उनले भने – ‘नेपाली जनता के भेडा हुन् ? बेबकुफ हुन् ? त्यो पैसा आएर यहाँ विकास हुने भए, विद्युतको विकास हुने, बाटोको विकास हुने भए, नेपाली जनताले यस्तो जुलुस गर्नुपथ्र्यो । होइन नि, देखाउने खसी, ख्वाउने फर्सी हो ।’
कार्यक्रममा सहभागी अन्य वक्ताहरुले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै खारेज गर्नुपर्ने धारणा राखेका थिए ।
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४० करोड नाघेको छ । मंगलबार एकैदिन विश्वमा २६ लाख १४ हजार ८ सय जना नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ४० करोड नाघेको हो ।
वल्डोमिटर्सको तथ्याङ्क अनुसार विश्वमा हालसम्म ४० करोड १२ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । संक्रमितमध्ये ३२ करोड ११ लाख २० हजार २७० जना निको भइसकेका छन् ।
हालसम्म कोरोना संक्रमणका कारण ५७ लाख ८३ हवा १८२ जनाको मृत्यु भएको वल्डोमिटर्सको तथ्याङ्कले देखाएको छ ।
विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा रहेका छन् ।
अमेरिकापछि कोरोना संक्रमितको दोस्रो ठूलो संख्या भारतमा रहेको छ ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले एमसीसी सम्झौताबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिठी नलेखेको भए देशमा प्रतिगमनको सरकार हुने र एमसीसी सम्झौता पास भइसकेको हुने बताएका छन् ।
एमसीसी सम्झौता पास गराउनका लागि अमेरिकासँग समय मागेको पत्र सार्वजनिक भएपछि प्रचण्डको आलोचना भइरहेका बेलामा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेको पत्र सञ्चारमाध्यममार्फत केही दिनअघि सार्वजनिक भएको थियो ।
‘यो चिठी नलेखिएको भए नेपालमा गठबन्धनको सरकार बन्ने थिएन जसले प्रतिगमनको बाटो रोजेको थियो, उसको नेतृत्वको सरकारले चुनाव गर्नुपर्ने हुन्थ्यो ।’ हुलाक सञ्चारसँगको कुराकानीका क्रममा सांसद किराँतीले भने, ‘यही पत्रका आधारमा प्रतिगमन परास्त भयो । संविधान उल्लंघनको शृंखला चलेको थियो, त्यसको अन्त्य भयो । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता केही समयका लागि पर धकेलियो । यी कुराहरु त सम्भव भयो नि !’
अहिले यो पत्रको विषय ‘तिललाई पहाड’ बनेर आएको पनि उनले टिप्पणी गरे । नेपालको इतिहास हेर्ने हो भने देशभक्तमाथि विभिन्न आक्रमण गरी काम गर्न नदिएका कयौँ उदाहरणहरु छन्, यही शृंखलामा प्रचण्डमाथि पनि आक्रमण भइरहेको उनको तर्क छ ।
माओवादीले हालसम्म कुनैपनि राष्ट्रघात नगरेको दाबी सहित उनले प्रश्न गरे, ‘कोशी सम्झौता, टनकपुर सम्झौतालगायतका देशघाती सम्झौता कसको पालामा भएका छन् ? माओवादीको पालामा अहिलेसम्म कहिले राष्ट्रघाती सम्झौता भएको छ ?’
हिमालदेखि तराइसम्मका नागरिक अहिले एमसीसीको विरोध गरिरहेका कारण एमसीसीको विषय आम नागरिकलाई बुझाउनु पर्ने उनको भनाइ छ । उनले भने, ‘एमसीसी संसदबाट पारित हुनुपर्ने किन ? यो अमेरिकी सैन्य रणनीति अन्तर्गत होइन भने त्यहाँको विदेशमन्त्रीले बोलेको किन ? नेपालको संविधानभन्दा माथि यो सम्झौता हुनुपर्ने किन ? आम नेपाली नागरिकलाई बुझाउन पर्दैन यी कुरा ।’ एमसीसीको बारेमा जनमत संग्रह गर्न पनि उनले सुझाव दिए ।
उनले नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति पनि एमसीसी यथास्थितिमा पास हुनु हुँदैन भन्ने नै भएको बताए । यसमा अहिले पनि माओवादी केन्द्र स्पष्ट भएको उनको भनाइ छ ।
‘प्रतिगमन पूर्णरुपमा परास्त भइसकेको छैन’
सांसद किराँतीले प्रतिगमन पूर्ण रुपमा परास्त नभइसकेको पनि बताएका छन् । ‘जुन कुराका लागि हामीले गठबन्धन गरेको हौँ, त्यो अझै पनि जारी छ ।’ उनले भने, ‘एमसीसीको कारण गठबन्धन नटुटोस् भन्ने हाम्रो चाहाना हो । गठबन्धन अझै अगाडि लैजानका लागि एमसीसी यथास्थितिमा पास हुनु हुँदैन । यो कुरामा हामी स्पष्ट छौँ ।
उनले हिम्मत भए सभामुखमाथि महाअभियोग लगाउन चुनौति पनि दिए । नेकपा माओवादी केन्द्र चुनावबाट नडराएको पनि उनले स्पष्ट पारे ।
काठमाडाैं । नेकपा एमालेका कर्णाली प्रदेश सांसद मोहन बानियाँले आफूमाथि लागेकाे बलात्कार आराेपको समाचारकाे खण्डन गरेका छन् ।
जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएर फसाउने प्रयास गरेको उनले बताएका छन् । सांसद बानियाँले सामाजिक सञ्जालमार्फत उक्त समाचारको खण्डन गरेका हुन् ।
नेता बानियाँले उक्त प्रकरणले आफ्नो मानमर्दनमा आँच पुगेको पनि उल्लेख गरेका छन् । उनले आरोप लगाउने महिला र आफूबीच आर्थिक कारोबार रहेका बखत उक्त प्रकरण निकालिएको पनि बताएका छन् ।
उनले भनेका छन् ‘आज केही दैनिक समाचार पत्र र केही अनलाइन मिडियाले सत्यतथ्य नबुझी एउटा शिक्षिकासँग नाम जोडेर छापिएको अति भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । मेरो मानमर्दनमाथि गम्भीर चोट पुगेको छ । मसँग जोडिएको शिक्षिकासँग चेक बाउन्ससम्बन्धी झगडा चलेकै बेला यस्तो कथित काम हुन सक्छ कि सक्दैन, त्यो जो कोहीले नि अनुमान लगाउन सक्ने कुरा हो ।’
त्यसैगरी उनले आफुलाई फसाउने प्रयास गरेको र आवश्यक पर्दा आफूले प्रमाणहरु बाहिर ल्याउन सक्ने समेत बताएका छन् । उनले सत्यतथ्य नबुझी समाचार नलेख्न सञ्चार माध्यमसमक्ष आग्रहसमेत गरेका छन् ।
‘आवश्यक पर्दा धेरै प्रमाणहरु हामीसँग सुरक्षित छन् । यो बेइजतीकाे ढोका नखोलौँ भनेर चुप बसेको हो, यो त धोका र बेइमानीको ठूलो पराकाष्ठा हो । त्यसैले मिडियाहरुले सत्य तथ्य बुझेर लेख्दा उचित होला । कति मान्छे कसरी भिक्टिम भएका हुन्छन भन्ने नि बुझ्न जरुरी छ’ उनले भनेका छन् ।
सांसद बानियामाथि जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकाे समाचार मंगलबार केही अनलाइनमा प्रकाशित भएकाे थियाे । उक्त समाचारमा जिल्ला प्रहरी कार्यालय बाँकेमा ती शिक्षिकाले ‘माघ १९ गते राती बानियाले कण्डम लगाएर २ पटक बलात्कार गरेकाे’ भनी जाहेरी दिएकाे जनाइएकाे छ ।
काठमाडाैं । नेकपा एमालेका नेता तथा सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाइ लेखेको पत्र कूटनीति मर्यादाविपरीत रहेको बताएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद भीम रावलले प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री प्रचण्डले कूटनीतिक मर्यादा र राष्ट्रिहित लत्याएर एमसीसीलाई पत्र लेखेको भन्दै संसदीय समितिले छानबिन गरेर कारबाहीको दायरमा ल्याउनुपर्ने माग गरे ।
उनले देउवा र प्रचण्डको पत्रले नेपालको कूटनीति कमजोर बनाएको पनि बताए ।
त्यस्तै, कांग्रेसका दिव्यमणी राजभण्डारीले यसबारेमा बुझ्नका लागि प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई बोलाउनुपर्ने धारणा राखे ।
बैठकमा नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले एमसीसीका बिषयमा जनमत संग्रह गर्नुपर्ने बताएका थिए । मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले पत्र लेख्नु गल्ती भएको उनको भनाइ छ ।
बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलका नेताहरूभित्रको संकीर्ण सोचले गर्दा परराष्ट्र र सुरक्षा नीतिमा साझा धारणा बन्न नसकेको बताए ।
काठमाडौं । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य सूर्य थापाले नेपाललाई चौतर्फी संकटमा फसाउने काम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरेकाे भनी आराेप लगाएका छन् ।
साथै, उनले अमेरिकी सहायता परियोजना (एमसीसी) मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान भन्दै त्यसलाई विद्रूप बनाउने काम भएको अरोप पनि लगाएका छन् ।
‘कुनै मित्रराष्ट्रले सद्भावका साथ दिएको अनुदान विरूद्द आन्दोलन, कथित संशोधन र विरोधको पाखण्डीपनको भ्रमका पर्दा पनि क्रमशः च्यातचुत पारिँदैछन्,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गरी थापाले लेखेका छन्, ‘तिनले भविष्यमा जवाफ दिन सक्लान्, अमेरिका वा अरू दातृराष्ट्र र निकायको अनुदान सहयोगलाई यसरी गिजोलेर विद्रूप बनाउने र अस्वीकार गर्ने गैरजिम्मेवार, दुईजिब्रे र राष्ट्रविरोधी कार्य किन गरेको त ?’
एमसीसी फिर्ता भए त्यसको जिम्मेवार प्रचण्ड र माधव नेपाल हुने थापाको भनाइ छ । अगाडि उनले भनेका छन् ‘जसरी अरूण तेस्रोबाट विश्व बैंकलाई फिर्ता पठाउने काम माधव नेपालको अनाडी चिठीले गरेको थियो, त्यसरी नै अनुदान फिर्ता पठाउने र नेपाललाई चौतर्फी संकटमा फसाउने काम आज प्रचण्ड, माधव नेपाललगायतको झुन्डले गरिरहेको छ ।’
आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का महासचिव शंकर पाेखरेल र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका बीच समसामयिक विषयमा छलफल भएकाे थियाे ।
थापाले छलफलमा पार्टी फुटाएर मन्त्री खान गठबन्धनमा सामेल भएकाहरु उपस्थित नभएकाे भनेर पनि कटाक्ष गरेका छन् । उनले भनेका छन् ‘अझ गठबन्धनमा बसेर चन्दा उठाउँदै सडकमा उत्रिएर दुवै डुंगामा खुट्टा टेकिरहेका नाैटंकीवाजहरूकाे पनि उपस्थिति थिएन ।’
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार बसेकाे बैठककाे तस्बिर र प्रचण्डकाे दुई जिब्रा भएकाे सम्पादन गरिएकाे तस्बिरसहित उक्त पाेस्ट लेखेका हुन् ।
काठमाडाैं । नेपाली कांग्रेसकाे प्रवक्ता प्रकाशशरण महत बनेका छन् । सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिएका हुन् ।
यसअघि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा थिए । शर्मा अहिले महामन्त्री छन् ।
१४ औँ महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि महत पराजित भएका थिए । त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।
कांग्रेसमा केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जाल तातेकाे छ । सामाजिक सञ्जालमा उनीहरूको चर्काे आलोचना भइरहेको छ ।
पत्रमा देउवा र प्रचण्डले अमेरिकाले एमसीसी कार्यक्रमअन्तर्गत नेपाललाई उपलब्ध गर्ने ५० करोड अमेरिकी डलर आउँदो १६ फागुनसम्म संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएका छन् । देउवा र प्रचण्डले उक्त पत्र एमसीसीको अध्यक्षलाई २९ सेप्टेम्बर २०२१ मा लेखेका थिए । पत्रमा देउवा र प्रचण्ड दुवैको हस्ताक्षर छ । देउवा र प्रचण्डले मर्यादा विपरीत एमसीसीलाई पत्र लेखेका कारण उनीहरुको व्यापक आलोचना भइरहेको हो ।
एमसीसी सम्झौतालाई लिएर नेताहरूले देखाउँदै आएको दोहोरो चरित्र एकपछि अर्को उदाङ्गाे भइरहेकाे छ । यसकाे पछिल्लाे उदाहरण यही पत्रलाई लिन सकिन्छ । यथास्थितिमा एमसीसी पास नहुने बताउँदै आएका प्रचण्डले अब के गर्लान् वा के भन्लान् ? अहिले यसकाे चासाे सर्वत्र छ ।
ऊर्जा र सडक पूर्वाधार विकासका लागि पाँच सय मिलियन अमेरिकी डलर अनुदानबारे एमसीसी र नेपाल सरकारबीच २०७४ भदौ २९ मा सम्झौता भएको थियो । त्यतिबेला शेरबहादुर देउवा नेतृत्वको सरकार थियो ।
शेरबहादुर देउवा र प्रचण्डले लेखेकाे पत्र ।
त्यसको डेढ वर्षपछि २०७५ माघ २५ गते केपी ओली नेतृत्वको सरकारले सम्झौता अनुमोदनका लागि संसदमा पेस गर्ने निर्णय गरेको थियो । २०७६ असार ३० गते तत्कालीन अर्थ मन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता प्रतिनिधि सभाको विधेयक शाखामा दर्ता गराएपछि विवाद सुरु भएको हो ।
अनुदान सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धि जस्तै संसदबाट पारित गराएर प्रचलित कानुनभन्दा माथि लैजान खोजिएको भन्दै चर्को विरोध भइरहेको छ । सम्झौता नेपालकै हितमा छ भन्ने प्रधानमन्त्रीसहित जिम्मेवार नेताहरूले समेत जनस्तरमा यसबारे प्रष्ट कुरा बुझाउन सकेका छैनन् । यही कारण पनि याे विषय गिजाेलिएकाे छ ।
यतिबेला मुख्य सत्तारुढ दल नेपाली कांग्रेस एमसीसीका विषयमा प्रस्ट देखिएकाे छ । तर, कांग्रेसबाहेक गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चा एमसीसी यथास्थितिमा अनुमाेदन हुन नसक्ने अभिव्यक्ति दिँदै हिँडेका छन् ।
यतिबेला प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एमसीसीकाे विषयमा दाेहाेराे चरित्र देखाइरहेका छन् । उसाे त एमाले नेता ओली एमसीसीकाे विराेधी हाेइनन् तर पनि गठबन्धन सरकार बनेपछि उनले विभिन्न ठाउँमा गरेकाे भाषणमा उनले ‘एमसीसी के गर्ने हाे ? सरकारले यसबारे निर्णय लिनु पर्दैन ?’ भनी प्रश्न गरेर एसमसीसीबारे दाेहाेराे भूमिका देखाइरहेका छन् । यतिबेला ओली गठबन्धन सरकारले देखाएकाे रमितामा नै झन् रमाइरहेका छन् । उनले अहिले न एमसीसीकाे समर्थन गरेकाे देखिन्छ, न त विराेध नै । यद्यपी उनी प्रधानमन्त्री भएकाे बेलामा भने एमसीसी पास गर्ने पक्षमा थिए ।
सरकारमा रहँदा ओलीले सभामुख सापकोटाका कारण उक्त सम्झौता संसद्मा प्रस्तुत गर्न नसकिएको बताएका थिए । ओलीले वर्तमान गठबन्धनले एमसीसी सम्झौता बिर्सिएको हो कि भनेर सरकारबाट बाहिरिएपछि संसदमा नै प्रश्न गरेका थिए । त्यतिबेला ओलीले १६५ संसद्को समर्थन पाएर प्रधानमन्त्री बनेका देउवालाई एमसीसी पारित गरेर देखाउन चुनौती पनि दिएका थिए । प्रधानमन्त्री हुँदा एमसीसीलाई संसद्मा प्रस्तुत गरिनुपर्ने धारणा राखेका ओली सत्ताबाट बाहिरिएपछि उक्त सम्झौतालाई समर्थन गर्ने विषयमा मौन छन् । तर नेकपा एमालेभित्र संघर्ष गरिरहेका भीम रावल यतिबेला एमसीसीकाे चर्काे विराेध गरिरहेका छन् ।
नेकपा एकीकृत समाजवादी पनि यही अवस्थामा एमसीसी पास गर्न नहुने अडानमा छ । माओवादीका केही नेताहरु पनि एमसीसीको विरोध गरिरहेका छन् । यसको नेतृत्व नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा तथा सभामुखसमेत रहेका अग्निप्रसाद सापकोटाले गरेका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालभित्र पनि एमसीसी परियोजनाको विषयमा दुई धार देखिएको छ । गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चा पनि विपक्षमा छ ।
देउवा र प्रचण्डले समय मागेपछि आउँदो फागुन १६ अर्थात् फेब्रुअरी २८ गतेसम्मको समय दिएको र प्रतिबद्धता अनुसार एमसीसी पास गर्नुस् भनेर एमसीसीले भनेकाे पत्र पनि यतिबेला सामाजिक सञ्जालमा चर्चाकाे विषय छ । समय घर्किन लागेपछि प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला दबाबमा देखिएका छन् । पछिल्ला केही दिनमा देउवा एमसीसीका विषयमा गम्भीर छलफलमा लागेकाे देखिन्छ । अघिल्लो साता प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए । आइतबार प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि एमसीसीकाे बारेमा छलफल गर्नका लागि भेटवार्तकाे कार्यक्रम राखेका छन् । भेटका क्रममा एमसीसीका विषयमा छलफल हुने पक्का छ ।
एमसीसी सम्झौताका विषयमा तत्कालीन सत्तारुढ दल नेकपाभित्र समेत विवाद नभएकाे हाेइन । त्यतिबेला पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन भएकाे थियो । कार्यदलको सदस्यमा नेता भीम रावल र तत्कालीन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली थिए । कार्यदलले केही बुँदाहरू संशोधनविना अघि बढ्न नसक्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । तर अहिले सरकार र आफू अनुकुल एमसीसीबारे नेताहरुले अभिव्यक्ति दिइरहेका छन् । नेताहरूदेखि विज्ञहरूले एमसीसीलाई फरकफरक ढङ्गले व्याख्या र विश्लेषण गरिरहेका छन् ।
काठमाडाैं । काेराेना संक्रमण फैलन राेक्नका लागि बन्द गरिएका शैक्षिक संस्था खाेल्न र जोर बिजोर प्रणाली खुकुलो बनाउन सीसीएमसीले सिफारिस गरेको छ ।
सीसीएमसीकाे बैठकमा शैक्षिक संस्थाहरू खाेल्नका लागि नयाँ मापदण्ड ताेकिनेबारे पनि छलफल भएकाे छ । सीसीएसमसी स्राेतका अनुसार यसको विस्तृत विवरणको लागि भने केही समय कुर्नुपर्छ ।
सरकारले काेराेना संक्रमणकाे तेस्राे लहर बढेपछि शैक्षिक संस्थाहरू बन्द गरेकाे थियाे भने काठमाडाैं उपत्यकामा सञ्चालन हुने सवारीका साधनमा जाेर–बिजाेर प्रणाली लागू गरेकाे थियाे ।
सरकारले जाेरबिजाेर प्रणाली लागू गरेपछि झन् सार्वजनिक सवारीमा भीड बढेकाे भनी आलाेचना भएकाे थियाे । आलाेचनापछि सा सार्वजनिक सवारीसाधनमा लगाइएकाे जाेरबिजाेर हटाइएकाे थियाे । अहिले निजी सवारीमामात्र जाेरबिजाेर लगाइएकाे छ ।
काठमाडाैं । टर्की र ग्रिसको सीमानजिक चिसोले कठ्यांग्रिएर १९ जना आप्रवासीको मृत्यु भएको छ ।
टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलुका अनुसार कपडा र जुत्ता नलगाएको अवस्थामा टर्की र ग्रिसको सीमा इप्सालामा आप्रवासीका शव भेटिएका हुन् । तर उनीहरू कुन देशका नागरिक हुन् भन्ने कुरा अहिलेसमम्म खुलिसकेको छैन ।
📆 02.02.2022
📍 Greece Ipsala Border
12 of the 22 migrants pushed back by Greek Border Units, stripped off from their clothes and shoes have frozen to death.
EU is remediless, weak and void of humane feelings.
टर्कीका अधिकारीहरूका अनुसार बुधबार १२ जना र बिहीबार ७ जना आप्रवासीका शव भेटिएका हुन् ।
टर्कीस्थित गैरआवासीय नेपाली संघले मृतकमा नेपाली नागरिक पनि परेको हुन सक्ने जनाएको छ । वैदेशिक रोजगारीका लागि टर्की पुगेका कञ्चनपुरको कृष्णपुर–२, बंकका ३० वर्षीय दिव्यदेव अवस्थी सम्पर्कविहीन भएको परिवारका सदस्यले बताएका छन् ।
यद्यपी उनी परे/नपरेका विषयमा सोधखोज भइरहेको जनाइएको छ ।