Tag: एमसीसी

  • नेताहरुकाे दाेहाेराे चरित्रले गिजाेलिएकाे ‘एमसीसी’

    नेताहरुकाे दाेहाेराे चरित्रले गिजाेलिएकाे ‘एमसीसी’

    प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि यतिबेला सामाजिक सञ्जाल तातेकाे छ । सामाजिक सञ्जालमा उनीहरूको चर्काे आलोचना भइरहेको छ ।

    पत्रमा देउवा र प्रचण्डले अमेरिकाले एमसीसी कार्यक्रमअन्तर्गत नेपाललाई उपलब्ध गर्ने ५० करोड अमेरिकी डलर आउँदो १६ फागुनसम्म संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएका छन् । देउवा र प्रचण्डले उक्त पत्र एमसीसीको अध्यक्षलाई २९ सेप्टेम्बर २०२१ मा लेखेका थिए । पत्रमा देउवा र प्रचण्ड दुवैको हस्ताक्षर छ । देउवा र प्रचण्डले मर्यादा विपरीत एमसीसीलाई पत्र लेखेका कारण उनीहरुको व्यापक आलोचना भइरहेको हो ।

    एमसीसी सम्झौतालाई लिएर नेताहरूले देखाउँदै आएको दोहोरो चरित्र एकपछि अर्को उदाङ्गाे भइरहेकाे छ । यसकाे पछिल्लाे उदाहरण यही पत्रलाई लिन सकिन्छ । यथास्थितिमा एमसीसी पास नहुने बताउँदै आएका प्रचण्डले अब के गर्लान् वा के भन्लान् ? अहिले यसकाे चासाे सर्वत्र छ ।

    ऊर्जा र सडक पूर्वाधार विकासका लागि पाँच सय मिलियन अमेरिकी डलर अनुदानबारे एमसीसी र नेपाल सरकारबीच २०७४ भदौ २९ मा सम्झौता भएको थियो । त्यतिबेला शेरबहादुर देउवा नेतृत्वको सरकार थियो ।

    शेरबहादुर देउवा र प्रचण्डले लेखेकाे पत्र ।

    त्यसको डेढ वर्षपछि २०७५ माघ २५ गते केपी ओली नेतृत्वको सरकारले सम्झौता अनुमोदनका लागि संसदमा पेस गर्ने निर्णय गरेको थियो । २०७६ असार ३० गते तत्कालीन अर्थ मन्त्री युवराज खतिवडाले एमसीसी सम्झौता प्रतिनिधि सभाको विधेयक शाखामा दर्ता गराएपछि विवाद सुरु भएको हो ।

    अनुदान सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धि जस्तै संसदबाट पारित गराएर प्रचलित कानुनभन्दा माथि लैजान खोजिएको भन्दै चर्को विरोध भइरहेको छ । सम्झौता नेपालकै हितमा छ भन्ने प्रधानमन्त्रीसहित जिम्मेवार नेताहरूले समेत जनस्तरमा यसबारे प्रष्ट कुरा बुझाउन सकेका छैनन् । यही कारण पनि याे विषय गिजाेलिएकाे छ ।

    यतिबेला मुख्य सत्तारुढ दल नेपाली कांग्रेस एमसीसीका विषयमा प्रस्ट देखिएकाे छ । तर, कांग्रेसबाहेक गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमाेर्चा एमसीसी यथास्थितिमा अनुमाेदन हुन नसक्ने अभिव्यक्ति दिँदै हिँडेका छन् ।

    यतिबेला प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि एमसीसीकाे विषयमा दाेहाेराे चरित्र देखाइरहेका छन् । उसाे त एमाले नेता ओली एमसीसीकाे विराेधी हाेइनन् तर पनि गठबन्धन सरकार बनेपछि उनले विभिन्न ठाउँमा गरेकाे भाषणमा उनले ‘एमसीसी के गर्ने हाे ? सरकारले यसबारे निर्णय लिनु पर्दैन ?’ भनी प्रश्न गरेर एसमसीसीबारे दाेहाेराे भूमिका देखाइरहेका छन् । यतिबेला ओली गठबन्धन सरकारले देखाएकाे रमितामा नै झन् रमाइरहेका छन् । उनले अहिले न एमसीसीकाे समर्थन गरेकाे देखिन्छ, न त विराेध नै । यद्यपी उनी प्रधानमन्त्री भएकाे बेलामा भने एमसीसी पास गर्ने पक्षमा थिए ।

    सरकारमा रहँदा ओलीले सभामुख सापकोटाका कारण उक्त सम्झौता संसद्मा प्रस्तुत गर्न नसकिएको बताएका थिए । ओलीले वर्तमान गठबन्धनले एमसीसी सम्झौता बिर्सिएको हो कि भनेर सरकारबाट बाहिरिएपछि संसदमा नै प्रश्न गरेका थिए । त्यतिबेला ओलीले १६५ संसद्को समर्थन पाएर प्रधानमन्त्री बनेका देउवालाई एमसीसी पारित गरेर देखाउन चुनौती पनि दिएका थिए । प्रधानमन्त्री हुँदा एमसीसीलाई स‍ंसद्मा प्रस्तुत गरिनुपर्ने धारणा राखेका ओली सत्ताबाट बाहिरिएपछि उक्त सम्झौतालाई समर्थन गर्ने विषयमा मौन छन् । तर नेकपा एमालेभित्र संघर्ष गरिरहेका भीम रावल यतिबेला एमसीसीकाे चर्काे विराेध गरिरहेका छन् ।

    नेकपा एकीकृत समाजवादी पनि यही अवस्थामा एमसीसी पास गर्न नहुने अडानमा छ । माओवादीका केही नेताहरु पनि एमसीसीको विरोध गरिरहेका छन् । यसको नेतृत्व नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा तथा सभामुखसमेत रहेका अग्निप्रसाद सापकोटाले गरेका छन् । सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालभित्र पनि एमसीसी परियोजनाको विषयमा दुई धार देखिएको छ । गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चा पनि विपक्षमा छ ।

    देउवा र प्रचण्डले समय मागेपछि आउँदो फागुन १६ अर्थात् फेब्रुअरी २८ गतेसम्मको समय दिएको र प्रतिबद्धता अनुसार एमसीसी पास गर्नुस् भनेर एमसीसीले भनेकाे पत्र पनि यतिबेला सामाजिक सञ्जालमा चर्चाकाे विषय छ । समय घर्किन लागेपछि प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला दबाबमा देखिएका छन् । पछिल्ला केही दिनमा देउवा एमसीसीका विषयमा गम्भीर छलफलमा लागेकाे देखिन्छ । अघिल्लो साता प्रधानमन्त्री देउवाले सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए । आइतबार प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि एमसीसीकाे बारेमा छलफल गर्नका लागि भेटवार्तकाे कार्यक्रम राखेका छन् । भेटका क्रममा एमसीसीका विषयमा छलफल हुने पक्का छ ।

    एमसीसी सम्झौताका विषयमा तत्कालीन सत्तारुढ दल नेकपाभित्र समेत विवाद नभएकाे हाेइन । त्यतिबेला पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा कार्यदल गठन भएकाे थियो । कार्यदलको सदस्यमा नेता भीम रावल र तत्कालीन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली थिए । कार्यदलले केही बुँदाहरू संशोधनविना अघि बढ्न नसक्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो । तर अहिले सरकार र आफू अनुकुल एमसीसीबारे नेताहरुले अभिव्यक्ति दिइरहेका छन् । नेताहरूदेखि विज्ञहरूले एमसीसीलाई फरकफरक ढङ्गले व्याख्या र विश्लेषण गरिरहेका छन् ।

  • एमसीसीबारे एमसीए नेपाल : कुनै पनि गोप्य वा लुकाइएका दस्तावेज छैनन्

    एमसीसीबारे एमसीए नेपाल : कुनै पनि गोप्य वा लुकाइएका दस्तावेज छैनन्

    काठमाडाैं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतामा कुनै पनि गोप्य वा लुकाइएका दस्तावेज नभएको एमसीए-नेपालले जनाएको छ ।

    एमसीए-नेपालले बुधबार विज्ञप्ति जारी गरी एमसीसी–नेपाल कम्प्याक्ट सम्बन्धी गोप्य वा लुकाइएका दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने आशयकाे सञ्चार माध्यममा देखिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    विज्ञप्तिमा एमसीए–नेपाल नेपाल सरकारको जिम्मेवारी निकाय भएको र एमसीसी नेपाल कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यस सम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसीए–नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरीत हुने उल्लेख पनि गरिएको छ ।

    विज्ञप्तिमा भनिएकाे छ ‘एमसीए–नेपालले कुनै पनि दस्तावेज गोप्य रुपमा नराखी आफ्नो वेबसाइटमार्फत् सार्वजनिक गर्दै आएको जानकारी गराउँदै यस्ता गलत सूचनामा विश्वास नगर्न र नगराउन अनुरोध गर्छौँ । कुनै पनि दस्तावेज प्राप्त गर्नका लागि कार्यालयमा सम्पर्क राखिएमा सूचनाको हक सम्बन्धी ऐन अन्तर्गत दस्तावेजहरू उपलब्ध गराइने जानकारी पनि गराइन्छ ।’

  • के छ एमसीसीबारे भीम रावलले सार्वजनिक गरेकाे खुला स्मृति पत्रमा ? (पूर्णपाठ)

    के छ एमसीसीबारे भीम रावलले सार्वजनिक गरेकाे खुला स्मृति पत्रमा ? (पूर्णपाठ)

    काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने षडयन्त्रमा पाँच दलीय गठबन्धन लागेको आरोप लगाएका छन् ।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले एमसीसी सम्झौता नेपाल र नेपालीको स्वाभिमान, स्वाधीनता र हितविपरीत रहेको पनि लगाए । उनले भने, ‘मातृभूमिको स्वाधीन भविष्यका लागि फेरि गहिरो गरी अध्ययन गर्न आग्रह गर्दछु।’

    एमसीसी यथास्थितिमा अनुमोदन गर्न नहुने कुरा कुनै पूर्वाग्रहबाट नआएको पनि उनले बताएका छन् । सम्झौता राष्ट्र हितविपरीत भएकोले त्यसको समीक्षा हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

    प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा रावलले सार्वजनिक गरेकाे खुला स्मृति–पत्र :

    याे पनि हेर्नुहाेस् ।

  • यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई

    यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : विशाल भट्टराई

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनै पनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका हुन् ।

    उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको दाबी पनि गरे ।

    उनले भने, ‘मिथ्या आरोपको कुनै अर्थ छैन । एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुचि छैन, सरकारमा जान कुनै रुचि छैन । नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन । हामी विल्कुल यो सरकार पूर्ण अवधि चलोस् । यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौँ । र, स्पष्ट गर्न चाहान्छु म नेकपा एमालेको तर्फबाटकी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन । कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौँ ।’

  • संसदमा उठ्यो शेखर गोल्छामाथि सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्ने माग

    संसदमा उठ्यो शेखर गोल्छामाथि सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्ने माग

    काठमाडाैं । संसदमा व्यवसायी शेखर गोल्छामाथि सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्ने माग उठेको छ ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गोल्छाले ७६ करोड रुपैयाँ भ्याट छलेको र अवैधानिक रूपमा विदेशमा लगानी गरेकाले उनीमाथि छानबिन हुनुपर्ने माग गरेका हुन् ।

    उनले भने ‘गोल्छाले ७६ करोड रुपैयाँ भ्याट छलेको र उनले अवैधानिक लगानी गरेकाले उनीमाथि संसदीय समिति र सम्पत्ति शुद्धीकरणमार्फत छानबिन हुनुपर्छ ।’

    प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधकैबीच सभामुखले आजको बैठकको कारबाही अघि बढाएका थिए । मंगलबारको बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ ।

  • एमसीसी छिटै संसद्‍बाट पारित हुन्छ : गृहमन्त्री खाँड

    एमसीसी छिटै संसद्‍बाट पारित हुन्छ : गृहमन्त्री खाँड

    काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी छिटै संसद्बाट पारित हुने बताएका छन् ।

    जनकपुरमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा गृहमन्त्री खाँणले यसलाई अघि बढाउनु सरकारको दायित्व भएको बताए । उनले भने – ‘एमसीसी अघिल्ला सरकारहरूका पालामा अघि बढेको हो । नेपालको विकासका लागि अघिल्ला सरकारहरूले सम्झौता गरेकाले एमसीसी अगाडि बढाउनु सरकारको दायित्व हो ।’

    सबै दलको सहमतिमै यो संसद्बाट पारित हुने उनको भनाइ थियो । उनले भने – ‘एमसीसीका विषयमा केही भ्रम फैलाइएको छ, ती सबै भ्रम हटाएर पारित गर्छौँ ।’

    एमसीसीलाई लिएर सत्तारूढ दलबीच कुनै विवाद नरहेको उनको भनाइ थियो । एमसीसीलाई लिएर गठबन्धन टुट्ने भन्ने कुरा निराधार भएको उनको जिकिर थियो । तर, कहिलेसम्म पारित हुन्छ भन्ने प्रश्नमा उनले छिटै पारित हुने प्रतिक्रिया दिए ।

  • एमसीसी र संसदको अबरोधबारे छलफल गर्न सरकारले बोलायो सर्वदलीय बैठक

    एमसीसी र संसदको अबरोधबारे छलफल गर्न सरकारले बोलायो सर्वदलीय बैठक

    प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसद्मा जारी अवरोध एमसीसीबारे छलफल गर्नका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

    प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । बैठकमा एमसीसीलाई संसद्मा लैजाने विषयमा छलफल हुने एक मन्त्रीले बताएका छन् । ‘संसद्मा जारी अवरोध अन्त्य गर्ने र एमसीसीलाई संसद्को एजेन्डा बनाउनेबारे सर्वदलीय बैठक बोलाउने कुरा भएको छ,’ ती मन्त्रीले भने ।

    संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ । त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसद्मा दर्ता भएर बसेको छ । उक्त सम्झौता संसद्बाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन ।सर्वदलीय बैठकमा संसद्मा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको बताइएको छ ।

  • एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठकको तयारीमा प्रधानमन्त्री देउवा

    एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठकको तयारीमा प्रधानमन्त्री देउवा

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को अवरोध हटाउनेलगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारीमा जुटेका छन् ।

    शुक्रबार सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा देउवाले विपक्षी दलसँगको सहमति र सहकार्यबाटै संसद्को अवरोध अन्त्य गर्न सर्वदलीय बैठक आह्वान गर्ने आशय व्यक्त गरेका थिए ।

    अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा पनि सर्वदलीय बैठक छलफल हुने बताइएको छ ।

    सर्वदलीय बैठकबारे सत्ता साझेदार अर्को दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग आजै प्रधानमन्त्रीले भेट्दैछन् । अन्य सहयोगी दलका शीर्ष नेताहरूसँग पनि परामर्श गरेर शनिबार वा आइताबार सर्वदलीय बैठक आयोजना गर्ने देउवाको तयारी छ ।

  • संसद अवरोध शिलशिलामाथि रावलकाे आशंका- एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’

    संसद अवरोध शिलशिलामाथि रावलकाे आशंका- एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’

    काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धको शिलशिलामाथि कडा प्रश्न उठाएका छन् । उनले एमसीसीसँग नेपाल सरकारले गरेको सम्झौता पास गर्नका लागि एमालेले उक्त अवरोध गरिरहेको त हैन भन्ने आशंका व्यक्त गरेका छन् ।

    रावलले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत संसद्मा एमालेको अवरोध र एमसीसी सम्झौतालाई जोडेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    उनले लेखेका छन्, ‘सरकारका कामकारबाही गर्न दिएर संसद्का बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’

    एमाले नेतृत्व त्यस्तो खेलमा सहभागी भएमा राम्रो नहुने रावलको भनाइ छ । ‘यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ,’ उनले भनेका छन् ।

    मंगलबारदेखि सुरु भएको संसद्को अधिवेशनको पहिलो दिन एमालेले विरोध जनाएको थियो । एमालेको विरोधकाबीच सरकारले अध्यादेश पेस गरेको थियो । एमालेले माधवकुमार नेपाललगायत १४ सांसदमाथि कारबाही गर्नुपर्ने माग राखेर संसद्मा विरोध जनाउँदै आएको छ ।

  • अमेरिकामा एमसीसीको समीक्षा, नेपालले छिटाे निर्णय लिने अपेक्षा

    अमेरिकामा एमसीसीको समीक्षा, नेपालले छिटाे निर्णय लिने अपेक्षा

    काठमाडाैं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को अमेरिकामा मंगलबार बसेको बोर्ड बैठकमा एमसीसी—नेपाल कम्प्याक्टको अवस्था र अहिलेसम्म भएका प्रगतिबारे छलफल भएको छ ।

    अमेरिकाले नेपालको संसदबाट एमसीसी छिटाे अनुमोदन हुने अपेक्षासमेत लिएको छ । बुधबार वासिङ्टनस्थित एमसीसी मुख्यालयले जारी गरेकाे विज्ञप्तिमा पाँच सय मिलियन अमेरिकी डलर बराबरको सहयोग परियोजनासम्बन्धी सम्झौता चाँडो पारित गर्न सञ्चालक समितिले नेपाल सरकारलाई आग्रह गरेको उल्लेख छ।

    यसअघि याे बैठकबाट नेपाल कम्प्याक्ट खारेजी हुने चर्चा चलेकाे थियाे । तर पहिले चर्चा भएजस्तो अहिले नै नेपाल कम्प्याक्ट खारेजीबारे निर्णय भने बैठकले गरेको छैन ।

    उक्त बैठकअघि नेपालको संसदबाट एमसीसी कम्प्याक्ट अनुमोदनका लागि अमेरिकाले ताकेता गरेको थियो । एमसीसीलाई लिएर पछिल्ला केही महिनामा उच्च अमेरिकी अधिकारीले नेपाल भ्रमणसमेत गरेका छन् ।

    एमसिसीका विषयमा नेपालमा लगातार विरोध भइरहेकाे छ । गएको मंगलबार सुरु भएको संसद अधिवेशनबाट एमसिसी पारित गर्ने तयारीमा सरकार रहेको दाबी गरिएको छ । तर दलहरुबीच सहमति जुटेको भने छैन ।

    एमसीसी मुख्यालयले जारी गरेकाे विज्ञप्ति हेर्नका लागि यहाँ क्लिक गर्नुहाेस्