Tag: चीन

  • चीनले भनेजस्ताे हामीलाई कुनै दबाब आएकाे छैन : कांग्रेस प्रवक्ता

    चीनले भनेजस्ताे हामीलाई कुनै दबाब आएकाे छैन : कांग्रेस प्रवक्ता

    काठमाडौं । नेपाली कांग्रेसले अमेरिकाकाे दबाबमा एमसीसी टेबल नगरिएको बताएकाे छ ।

    कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार पत्रकार सम्मेलनमार्फत यसबारे स्पष्ट गरेका हुन् । ‘नेपालमा अमेरिकाले दबाबमूलक कुटनीति देखाएको र त्यसको विरोध गर्छौं’ भन्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताको भनाइमा धारणा माग्दा महतले अमेरिकाले दबाब नदिएको जवाफ दिएका हुन् ।

    प्रवक्ता महतले कसैको दबाबमा निर्णय नगर्ने पनि जानकारी गराए । उनले भने, ‘दबाब कसैले महसुस गरेको छैन । हामीले दबाबको रुपमा महसुस गरेका छैनौं । हामी आफैँ निर्णय गर्छौं । हामी कसैले दबाब दिएर निर्णय गर्दैनौँ ।’

    ‘हामीलाई कसैको दबाब आएको छैन । अमेरिकी सरकारका तर्फबाट ‘यसकाे चाँडाे छिनाेफानाे हुनुपर्‍याे भन्ने कुरा आएकाे हाे । हामीले यसलाई दबाबकाे रुपमा महसुस गरेका छैनाैँ ।’ उनले भने ।

    नेपालमा अपरिपक्व राजनीतिक खेल भएको पनि महतकाे भनाइ थियाे । उनले भने, ‘अमेरिका र चीनबीच विवाद निम्त्याउने काम भयो । विकास योजनालाई अत्यधिक राजनीतिक गरियो । एमसीसी जतिसक्दो चाँडो पास गर्नुपर्छ । भ्रमको अन्त्य गर्नुपर्छ ।’

  • विश्व व्यापार संगठनमा चीनविरुद्ध ईयूकाे मुद्दा

    विश्व व्यापार संगठनमा चीनविरुद्ध ईयूकाे मुद्दा

    एजेन्सी । युरोपेली संघले चीनविरुद्ध विश्व व्यापार संगठनमा मुद्दा दायर गरेको छ ।

    ईयूले चिनियाँ अदालतहरुले युरोपेली कम्पनीहरुलाई उनीहरुको दूरसञ्चार प्रविधिको पेटेन्ट रक्षा गर्न रोकिरहेको भन्दै चीनविरुद्ध मुद्दा हालेका समाचार संस्था राेयटर्सले समाचार प्रकाशित गरेकाे छ ।

    ईयूको तर्फबाट युरोपेली आयोगले दायर गरेकाे मुद्दमा युरोपेली कम्पनीहरुलाई विदेशी अदालतमा जान पनि नदिइएको उल्लेख छ ।

    युरोपेली आयोगले संयुक्त राज्य अमेरिका र जापानसँग पनि यसबारे परामर्श गरेको छ । यी दुवैले पनि यही समस्या भोगिरहेको बताइएको छ ।

  • दक्षिण अफ्रिकामा चिनियाँ कम्पनी हुवावेले विदेशी कामदार राख्न थालेपछि मुद्दा दर्ता

    दक्षिण अफ्रिकामा चिनियाँ कम्पनी हुवावेले विदेशी कामदार राख्न थालेपछि मुद्दा दर्ता

    दक्षिण अफ्रिकाले चीनको हुवावे टेक्नोलोजीविरुद्ध मुद्दा हालेको छ । हुवावेको स्थानीय इकाईले दक्षिण अफ्रिकाका स्थानीयलाई काममा राख्ने नियम तोडेका कारण जरिवाना गर्न र कम्पनीलाई आफ्नो अभ्यासहरू परिमार्जन गर्नका लागि अदालतमा आग्रह गरेकाे छ ।

    दक्षिण अफ्रिकाको श्रम विभागले शुक्रबार कम्पनीले ४० प्रतिशतको सीमा तोकेको रोजगार इक्विटी नियमहरू उल्लङ्घन गर्दै करिब ९० प्रतिशत कर्मचारी विदेशी नागरिक भर्ती गरेको भन्दै अदालतमा मुद्दा दायर गरेको हो ।

    विभागले कथित नियम उल्लङ्घनका लागि १ दशमलव ५ मिलियन जार जरिवाना र स्थानीय फर्मको वार्षिक २०२० मा गरिएको कारोबारको २ प्रतिशत जरिवाना माग गर्दै अदालतमा मुद्दा दायर गरेको हो ।

    श्रम विभागका अधिवक्ता फिकिस्वा मनकान्का बेडेले अदालतलाई उनीहरूले यथास्थितिको समाधान गर्ने रोजगार इक्विटी योजना लागू गर्नुपर्दछ भन्ने आदेश दिनको लागि अनुरोध गरिरहेको जानकारी दिए ।

    एउटा संक्षिप्त बयानमा, हुवावे दक्षिण अफ्रिकाले इक्विटी योजनामा विभागसँग थप संलग्नता जारी राख्न प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएको छ । स्थानीय कानून र नियमहरूको पालना गर्न प्रतिबद्ध रहेको समेत जनाइएकाे छ ।

    विभागले हुवावेलाई ६० प्रतिशत दक्षिण अफ्रिकी र ४० प्रतिशत विदेशी नागरिकलाई रोजगारी दिने अध्यागमन नियमावलीको प्रावधान अनुसार अनुमति दिइएको बताएको छ । तर, उक्त सहमतिविपरीत हुवावेले विदेशी कामदारको संख्या निकै धेरै बढाएको हो । दक्षिण अफ्रिकी सरकारले चिनियाँ टेक जाइन्ट हुवावेविरुद्ध कानूनी चुनौती दिएको यो पहिलो पटक हो ।

  • ५४ चिनियाँ एपमाथि भारतको प्रतिबन्ध

    ५४ चिनियाँ एपमाथि भारतको प्रतिबन्ध

    काठमाडाैं । देशको सुरक्षामा खतरा निम्त्याएका कारण भारतले ५४ ओटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले अब छिटै ती एपमा प्रतिबन्ध लगाउने सरकारी स्रोत उदृत गरी भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

    स्वीट सेल्फी एचडी, व्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपललक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एपहरु हुन् ।

    देशको सार्वभौमसत्ता र सुरक्षामा जोखिम पुर्‍याएको भनी गत वर्षको जुनमा सरकारले सामाजिक सञ्जालमा व्यापक प्रयोगमा आएका टिकटक, वीच्याट र हेलोलगायतका एपमा प्रतिबन्ध लगाएको थियो ।

    सन् २०२० को मे महिनामा चीनसँगको सीमा तनावपछि करिब तीन सय एप्सहरुमाथि भारतमा प्रतिबन्ध लगाइएको छ । पूर्वी लद्दाखको गालवान उपत्यकामा चिनियाँ सेनाहरुसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि सन् २०२० को जुनमा पहिलो चरणको प्रतिबन्ध घोषणा गरिएको थियो ।

  • बेइजिङमा भारी हिमपात, शीतकालीन ओलम्पिकमा आएका पाहुनाहरू चिसोले प्रभावित

    बेइजिङमा भारी हिमपात, शीतकालीन ओलम्पिकमा आएका पाहुनाहरू चिसोले प्रभावित

    चीन । बेइजिङमा शीतकालीन ओलम्पिक चलिरहेका समय हिम बर्षा हुँदा खेलमा सहभागी हुन आएका खेलाडी र पाहुनासमेतले अत्यधिक चिसोको सामना गर्नुपरेको छ ।

    बेइजिङ मौसम विज्ञान पूर्वानुमान शाखाले बेइजिङमा आइतबार १२ : ५५ देखि भारी हिमपात हुनसक्ने र शहरमा औसत ४ मिलिमिटरभन्दा बढी हिमपात हुने जानकारी दिएको थियो । बाटोमा धेरै हिमपात भएको कारण यातायात सेवा समेत प्रभावित बनेको छ ।

    बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका स्वदेशी तथा विदेशी खेलाडी आइतबारबिहान सबेरै भारी हिउँको बर्षासँगै ब्युँझिए भने हिमबर्षा हुनसक्ने पूर्वानुमान केही घण्टाअघि जारी गरिएको ‘ब्लु अलर्ट’ बाट ‘ऐलो अलर्ट’ मा पुगेको छ ।

    सोमबार ५ : ०० बजेसम्म उत्तर र पश्चिमका कतिपय क्षेत्रमा नै ६ देखि १० मिलिमिटर बढी हिउँ जम्मा हुने अनुमान गरिएको छ । तर सोमबार ३ : ०० बजेदेखि भने हिमपात बिस्तारै कम हुँदै जाने बेइजिङ नगरीय मौसम पूर्वानुमान शाखाका प्रमुख अधिकारी झाङ यिङक्सिनले बताए ।

    सोमबार दिनभर जसो शहरका केही स्थानमा तापक्रम –२ डिग्रीसम्म रहनेछ जबकि बेलुकाको तापक्रम –६ डिग्री सेल्सियससम्म हुनसक्ने पूर्वानुमान शाखाद्वारा अनुमान गरिएको छ ।

    हिउँको प्रभावका कारण आइतबार र सोमबार केही क्षेत्रमा एक किलोमिटरभन्दा कम दृश्यावरोध हुनसक्ने भन्दै सडकमा यातायात सञ्चालन गर्दा सावधानी अपनाउन भनिएको छ ।

    विशेष गरी सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकको लागी आएका पाहुना तथा आयोजकको सहजीकरणका लागि शहरभरि हिउँ सफा गर्ने काम सुरु गरिएको छ ।

    भारी हिमपातको कारण भएको कडा दृश्यावरोधले शीतकालीन ओलम्पिकका केही खेलहरू स्थगित गरिएको छ । सिन्ह्वा

  • चीनले नेपाली भूमि अतिक्रमण गरेकाे सीमा अध्ययन कार्यदलकाे प्रतिवेदनमा दाबी

    चीनले नेपाली भूमि अतिक्रमण गरेकाे सीमा अध्ययन कार्यदलकाे प्रतिवेदनमा दाबी

    काठमाडौं । चीनले नेपाली भूमि अतिक्रमण गरेको निष्कर्षसहितको प्रतिवेदन सीमा अध्ययन कार्यदलले नेपाल सरकारलाई बुझाएको खुलासा भएको छ ।

    बीबीसीले आफूलाई प्राप्त प्रतिवेदनको आधारमा हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको जनाएको हो । नेपालको सरकारी स्तरबाट उत्तरी छिमेकीले सीमा मिचेको निष्कर्ष पहिलो पटक आएको पनि बीबीसीकाे समाचारमा उल्लेख गरिएकाे छ ।

    चीनले सीमा मिचेको भन्ने अपुष्ट खबरहरु सार्वजनिक भएपछि सरकारले गत असोजमा सरकारी अधिकारीहरु, विज्ञ र सुरक्षा निकायका प्रतिनिधिहरुसहितको कार्यदल बनाएको थियो । उक्त टोलीले स्थलगत निरीक्षणपछि सीमा अतिक्रमण भएको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

    हुम्लामा चिनियाँ पक्षले नेपालतर्फ मिचेर भौतिक संरचना समेत बनाएको दाबी पनि प्रतिवेदनमा गरिएको बीबीसीले जनाएकाे छ । तर नेपाल सरकारले उक्त प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।

    हुम्लाको लालुङजोङसहित सीमा क्षेत्रका नेपालीहरुलाई चिनियाँ सुरक्षाकर्मीले धार्मिक गतिविधिमासमेत प्रतिबन्ध लगाएको पनि प्रतिवेदनमा उल्लेख गरिएकाे दाबी बीबीसीले गरेकाे छ ।

    हिन्दू र बौद्धमार्गीहरुको आस्थाको केन्द्र कैलाश पर्वत नजिक पर्ने उक्त क्षेत्र हुँदै मानिसहरु धार्मिक यात्रा गर्ने गर्दछन् । तर, चीनले सोही क्षेत्रमा अग्लो पर्खाल लगाएको र नेपाली भूमि मिचेर सडक तथा खोल्सो बनाएको पनि प्रतिवेदनमा उल्लेख रहेको बताइएको छ ।

    प्रतिवेदनले नेपाल सरकारलाई सीमा क्षेत्रमा सुरक्षा पोस्टहरु राख्न सुझाव दिएको र नेपाली–चीन दुवै देशले यो विवाद समाधान गर्नुपर्ने सुझावसमेत दिएको छ । चिनियाँ बजारमा आश्रित सीमा क्षेत्रका नेपालीहरु भने सीमा मिचिएको विषयमा बोल्नै नचाहने पनि प्रतिवेदनमा उल्लेख गरिएको जनाइएको छ ।

  • चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै राष्ट्रसंघीय कार्यालयलाई ज्ञापनपत्र

    चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै राष्ट्रसंघीय कार्यालयलाई ज्ञापनपत्र

    काठमाडौं । राष्ट्रिय एकता अभियानले चीनले नेपालको भूमिमा अतिक्रमण गरेको भन्दै राष्ट्रसंघीय कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । एकता अभियानका अध्यक्ष विनय यादवले सोमबार काठमाडौंस्थित राष्ट्रसंघको कार्यालयमा पुगेर सूचना अधिकारी राजेन्द्रमान बेपानलीलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

    नेपालमा चिनियाँ अतिक्रमण भएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने उक्त ज्ञापनपत्र बुझाएको बताइएको छ । ज्ञापनपत्रमा भनिएको छ- एकता अभियानले नेपालको चिनियाँ अतिक्रमणविरुद्ध लगातार लोकतान्त्रिक र कानुनी तवरमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

    ज्ञापनपत्रमा चीन अतिक्रमित भूमिबाट फिर्ता जानुपर्ने, अन्तर्राष्ट्रिय समुदायको निगरानीमा नेपाल र चीन सरकारले संयुक्त सीमा निरीक्षण गर्नुपर्ने र सबै सीमास्तम्भहरुको जीपीएस राख्दै यसको रेकर्ड दुबै सरकार र अन्तर्राष्ट्रिय समुदायले राख्नुपर्ने मागसमेत गरिएको छ ।

    उक्त ज्ञापनपत्रमा काठमाडौंस्थित अमेरिकी दूतावास, नेपालस्थित युरोपियन युनियनका प्रतिनिधि, काठमाडौं रुसी दूतावास, चिनियाँ दूतावास र भारतीय दूतावासलाई यसको बोधार्थ पठाइएको छ । सरकारले यसअघि हुम्ला जिल्लामा नेपाल चीन सीमा क्षेत्रलाई लिएर गत वर्ष उत्पन्न भएको विवादबारे गृहमन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा अध्ययन गर्न समिति गठन गरेको थियो । उक्त समितिले अध्ययन प्रतिवेदन गृहमन्त्रालयलाई बुझाएको छ ।

    उकत प्रतिवेदनमा चिनियाँ पक्षले सीमा अतिक्रमण गरेको उल्लेख गर्दै दुबै पक्ष मिलेर समाधान गर्नुपर्ने सुझाइएको थियो । उक्त प्रतिवेदन अहिले परराष्ट्र मन्त्रालयलमा थन्काइएको छ ।

  • चीनविरुद्ध बंगालादेशमा मानव साङलो बनाएर प्रदर्शन

    चीनविरुद्ध बंगालादेशमा मानव साङलो बनाएर प्रदर्शन

    काठमाडाैं । चीनले बंगलादेशका विद्यार्थीहरुलाई विभेद गरेको भन्दै राजधानी ढाकामा बृहत मानव साङलो बनाएर विराेध प्रदर्शन गरिएकाे छ ।

    बंगलादेश मुक्तिजुद्दा मञ्चको आयोजनामा राजधानी ढाकामा रहेको राष्ट्रिय संग्राहलय अगाडि प्रदर्शन गरिएकाे हाे । प्रदर्शनमा चीनमा पढिरहेका करिब पाँच हजार विद्यार्थीलाई पढाइ निरन्तरताका लागि चीन फर्किन अुनमति दिन माग गरिएकाे थियाे ।

    गत शनिबार सहबाग सहरमा पनि प्रदर्शन गरिएको थियाे । संगठनका उपाध्यक्ष तथा मोहम्मद अल ममुनका महासचिव सहीन सिग्दरको नेतृत्वमा मानव साङलो बनाइएको हो ।

    प्रदर्शनमा उपाध्यक्ष रोमन होसयन, डियू शाखाका अध्यक्ष सोनेट महमुद, महासचिव तोउडुल इस्लाम महिमलगायतले ढाकाका विद्यार्थीहरुलाई विभेद गरेर उनीहरुको अध्ययनमा बाधा पुर्‍याउन खोजेको बताएका थिए ।

    उनीहरुले अन्य मुलुकका विद्यार्थीहरुलाई चीनले चीन फर्किन अनुमति दिएको भए पनि बंगलादेशका विद्यार्थीहरुलाई चीन फर्किन नदिएको भन्दै आपत्ति जनाएका हुन् । चीनले आफूहरुलाई पूर्वाग्रहीरुपमा व्यवहार गरेको उनीहरुको आरोप छ ।

    नेपाली विद्यार्थीहरु पनि हाल चीन फर्किन पाएका छैनन् । उनीहरुले पनि यसअघि चिनियाँ दूतावास अगाडि धर्ना दिएका थिए । चीनले कोरोना महामारीलाई कारण देखाएर विभिन्न मुलुकका विद्यार्थीहरुलाई फर्किन दिएको छैन ।

  • राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ हस्तक्षेपविरूद्ध वीरगञ्जमा प्रदर्शन

    राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ हस्तक्षेपविरूद्ध वीरगञ्जमा प्रदर्शन

    पर्सा । राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेपविरूद्ध पर्सामा प्रदर्शन गरेको छ । पर्साको वीरगञ्जस्थित घण्टाघरमा भएको प्रदर्शनका क्रममा चिनियाँ राष्ट्रपति सी चिङपिङविरूद्ध चर्को नाराबाजी लगाइएको हो ।

    प्रदर्शनका क्रममा अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दावाद, चिनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सुचारु गरलगायतका नारासमेत लगाएका थिए ।

    त्यस्तै, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै अभियन्ताहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर चीनविरुद्ध नारा लगाएका थिए ।

    अभियान निकट राष्ट्रिय विद्यार्थी परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहाको नेतृत्वमा भएको प्रदर्शनमा चिनियाँ राष्ट्रपति सीको पुत्ला पनि दहन गरिएको छ ।

    पछिल्लो समय नेपालमा चिनियाँ हस्तक्षेप बढेको महसुस हुन थालेको छ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेको सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुको भनाइ छ ।

  • चीनमा पनि बढ्न थाले पुन: काेराेना संक्रमित

    चीनमा पनि बढ्न थाले पुन: काेराेना संक्रमित

    काठमाडौं । चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । सोमबार मात्रै चीनमा कोरोनाका १८२ जना नयाँ संक्रमित थपिएका छन् ।

    संक्रमतिमध्ये धेरै मात्रामा साङ्सी प्रान्तमा भएको समाचारमा जनाइएको छ । त्यस्तै १५ जना मात्र संक्रमित बाहिरबाट आएका मानिसमा भेटिएको पाइएको मंगलबार जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले मंगलबार दिएको जानकारीअनुसार चीनमा नयाँ संक्रमित भेटिने क्रम बढ्दै गएको छ ।

    स्थानीय नागरिकमा नै संक्रमण बढेकाले चीन पनि पछिल्लो समयमा कोरोनाका संक्रमितहरु भेटिने क्रम बढेको बताइएको हो । सोही कारण चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।

    चीनले कोरोनाबाट निको भएका नागरिकको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।