काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा.भीम रावलले देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसकेपछि एमालेले आफूले बोलेको कुरालाई प्रचण्डले बोलका कुराहरूको फोटोकपि भनेको टिप्पणी गरेका छन् ।
उनले केपी ओलीले प्रचण्डसँग लगनगाँठो गरी एमाले बनाउने र भत्काउने गरेको आरोप लगाएका छन् । रावलले सामाजिक सञ्जालमार्फत बुँदागत रुपमा नै बामाले (बाकाे मात्र नाम लेउ) भन्नेहरुले गरेकाे कुप्रचारकाे नमुना भन्दै जवाफ फर्काएका हुन् ।
एमालेले नेता रावलको आरोप नेकपाकालमा प्रचण्डले ओलीमाथि लगाएको १९ बुँदे अभियोगको ‘कपी पेस्ट’ गरेको दाबी गरेको थियो । त्यसको जवाफ फर्काउँदै रावलले भनेका छन्, देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसक्ने भएपछि मैले बोलेका तथ्यसंगत कुराहरू प्रचण्डले बोलका कुराहरूको फोटोकपी रे! केपी ओलीले प्रचण्डसँग लगनगाँठो गरी एमाले बनाउने र भत्काउने गरेको काम, नेकपा छँदा गरेका विभिन्न राष्ट्र र जनताको हित विपरीत गरेका काम, आम निर्वाचनपछि फेरी प्रचण्डसँग गरेको साँठगाँठ र फेरि प्रचण्डसँग पारपाचुके गरेको काम तथा त्यसपछि गरेका गलत कामहरुको चर्चा प्रचण्डको आरोपको फोटोकपी नै हुन् र ?
२०६२/६३ को जनआन्दोलनका बेला तुलसी गिरी, तथा चुनाव र सरकारमा राप्रपा, राप्रपा, नेपाल, परिवार दल, जसपा, लोसपा र नेपाली कांग्रेससँग साँठगाँठ गर्ने केपी ओली दक्षिणपन्थीको बाहक र पृष्ठपोष रहेको अकाट्य तथ्य रहेको दाबी गरे । उनले थपेका छन्, अकाट्य तथ्य हुँदा हुँदाहुँदै दक्षिण पन्थीको नाइके’ भीम रावल रे आफू नाइके भएको तथ्यमाथि पर्दा पो हाल्न सकिन्छ कि भन्ने कस्तो छट्टु तरिका ?
रावलले थपेका छन्, ‘भीम रावलले यो पद उ पद पाएको’ ले सत्य–तथ्य र देश तथा जनताको हितमा केही नबोली चुप लाग्नु पर्ने रे! अरुले (त्यसमध्ये कति बदनाम र अयोग्य) अनेकौं पटक पदमाथि पद पाएको स्वाभाविक रे भीम रावलले पाएका पद र अवसर पाउनै नहुने र बढी रे!’
उनले एमालेले आफूविरुद्ध झुटा र तथ्यहीन कुराहरुको आधारमा प्रहार गरिरहेको र आफूले तथ्यको आधारमा सोधेका प्रश्नहरुलाई गालिगलौज भनेकोप्रति आपत्ती पनि जनाएका छन् ।