Tag: रवि लामिछाने

  • लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ प्रारम्भ

    लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ प्रारम्भ

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु भएको छ। सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा  भइरहेको हो।

    यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले निवेदन हेर्न मिल्ने इजलासमा पठाउन सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको थियो।

    त्यसअनुसार सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ तय गरिएको थियो।

    तर, रवि लामिछानेका तर्फबाट बहस गर्ने वकिल प्रधानन्यायाधीशसँग र पूर्वडीआईजी जोशीका तर्फबाट बहस गर्ने वकिल न्यायाधीश पाण्डेयसँग पारिवारिक सम्बन्ध रहेको देखिएपछि उक्त इजलासले उक्त मुद्दा हेर्न नमिल्ने निर्णय गरेको थियो।

  • रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्च अदालतको न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुँदैछ।

    लामिछानेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको इजलासमा नपर्ने गरी पेसी तोकिएको हो।यसअघि आइतबार न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले निवेदन हेर्न मिल्ने इजलासमा पेशी तोक्न सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको थियो।

    त्यसअनुसार सोमबार प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइको मिति तय गरिएको थियो। तर, लामिछाने पक्षका वकिल र पूर्वडीआईजी जोशी पक्षका वकिलमध्ये एक–एकजना क्रमशः प्रधानन्यायाधीश र न्यायाधीश पाण्डेयसँग नातागोता परेपछि उक्त इजलासमा सुनुवाइ हुन नसकी हेर्न नमिल्ने निर्णय गरिएको थियो।

  • रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशको इजलासमा

    रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशको इजलासमा

    काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ।

    यसअघि पाँचपटकसम्म ‘हेर्न नमिल्ने’ भनिएका न्यायाधीशहरूको इजलासमा परेको रिटमा आइतबार ‘हेर्न मिल्ने’ इजलासमा पेसी तोकिएको हो। सोमबारका लागि लामिछानेको रिट ‘घ’ नम्बरमा सूचीबद्ध गरिएको छ। उनीभन्दा अघि भ्रष्टाचार र अन्य बन्दीप्रत्यक्षीकरणसम्बन्धी मुद्दाहरू पेसीमा छन्।

    लामिछाने हाल रुपन्देहीको भैरहवा कारागारमा थुनामा छन्। उनलाई सहकारी ठगी र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उच्च अदालत बुटवलको आदेशअनुसार पुर्पक्षका लागि थुनामा राखिएको हो।

  • पेसीको जानकारी पत्रमा रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षर नहुनुका कारण सुनुवाइ स्थगित

    पेसीको जानकारी पत्रमा रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षर नहुनुका कारण सुनुवाइ स्थगित

     काठमाडौँ । सहकारी ठगीसम्बन्धी मुद्दामा रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई पेसीको जानकारी दिने गरी गरिएको पत्रमा हस्ताक्षर नभएपछि उच्च अदालत पोखरामा सुनुवाइ स्थगित भएको छ ।

    उच्च अदालतले पेसीको जानकारी दिन शुक्रबार कारागार कार्यालय रुपन्देहीलाई पत्र लेखेको थियो, तर कारागार कार्यालयले आइतबार पत्र लेख्दै रवि र छविको हस्ताक्षर नभएको जनाएका थिए। यस आधारमा उच्च अदालतले आजको पेसी स्थगित गरेको हो।

    उच्च अदालतका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको संयुक्त इजलासले पेसीको जानकारी नहुनुको कारणबारे खुलाउन कारागार कार्यालय रुपन्देहीलाई पत्र लेख्न आदेश दिएको छ। उक्त पत्रमा पेसीको जानकारी नदिएको कारण के हो भन्ने स्पष्ट पार्ने आदेश पनि अदालतले दिएको छ।

    अदालतले यस विषयमा प्रतिवेदन सहितको जानकारी प्रस्तुत गर्न कारागार कार्यालयलाई निर्देशन दिएको छ। साथै, अदालतले २०८० असोज १८ गते जिल्ला अदालत कास्कीमा दायर भएको सहकारी ठगीसम्बन्धी मुद्दाको अभियोगपत्र सहितको सक्कल मिसिल र २०८१ पुस ५ गते दायर भएको थप अभियोगको अभियोगपत्र सहितको सक्कल मिसिल झिकाउन पनि आदेश दिएको छ।

  • “रवि लामिछानेका वकिलले पटक-पटक पेसी स्थगित गर्दै ‘जानकारी नदिइएको’ बताएपछि…”

    “रवि लामिछानेका वकिलले पटक-पटक पेसी स्थगित गर्दै ‘जानकारी नदिइएको’ बताएपछि…”

    काठमाडौं ।  उच्च अदालत पोखरामा पुनरावेदन मुद्दा दर्ता गराएपछि पूर्वगृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका वकिलहरूले पटक-पटक पेसी स्थगितको निवेदन दिएका छन्। प्रतिवादीहरूको तर्फबाट पटक-पटक पेसी स्थगित हुने कारण अदालतले समयमै कार्यसम्पादन गर्न सकेको छैन।

    पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा कास्की जिल्ला अदालतले पुस २५ गते पूर्वगृहमन्त्री लामिछाने र अन्य सम्बन्धित व्यक्तिहरूलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त आदेशसँग असहमत भई सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन दर्ता गर्‍यो। भोलिपल्टै अदालतले कैफियत प्रतिवेदन माग्ने आदेश दियो।

    आरोपित पक्षले पनि उच्च अदालतमा पुनरावेदन दिएका छन्। छविलाल जोशीले माघ २५ गते, रवि लामिछानेले माघ १४ गते, रामबहादुर खनालले माघ २५ गते, लिला पछाइले माघ २५ गते, आरती गुरुङले माघ २१ गते, र मिना गुरुङले माघ २१ गते पुनरावेदन दिएका थिए। उच्च अदालतले यसमा पनि कैफियत प्रतिवेदन माग गर्ने आदेश दिइसकेको छ।

    जिल्ला अदालतको आदेशमाथि पुनरावेदन सुनवाइ एक महिनाभित्र टुङ्ग्याउनुपर्ने व्यवस्था भए तापनि प्रतिवादीहरूको कारण पेसी पटक-पटक स्थगित भएकाले मुद्दा समयमै टुङ्गिन सकेन, अदालतका उपरजिस्टार नीलप्रसाद पनेरुले जानकारी दिए।”प्रतिवादीहरूको तर्फबाट ३ पटक पेसी स्थगितको निवेदन पेश भयो,” उनले भने, “निवेदक रवि लामिछानेले आफू अन्य मुद्दामा थुनामा रहेको लिखित जानकारी अदालतमा पेस गर्नुभएन। अदालतले औपचारिक जानकारी माग्ने हो।”

    अहिले बहसको क्रममा लामिछाने पक्षका कानुन व्यवसायीहरूले प्रतिवादीलाई विनाजानकारी बहस अघि बढाइएको आरोप लगाएका छन्, तर उनीहरूले नै पेसी स्थगित गर्न निवेदन दिएका थिए, अदालतले जनाएको छ। डा. नारायणदत्त कँडेलको निवेदन अनुसार वैशाख ११ मा पेसी स्थगित गरिएको थियो। लामिछानेको थुनामा हुने औपचारिक जानकारी भने अदालतमा प्राप्त भएको छैन, पनेरुले बताए।

    प्रतिवादीलाई लुकाएर पेसी तोकिएको हो?

    उच्च अदालत पोखराले मुद्दाको सुनुवाइ २०८१ चैत २१ गतेका लागि तोकेको थियो। सरकारी वकिलको तर्फबाट उक्त पेसी स्थगित भयो। त्यसपछि २०८२ वैशाख ४ गते अर्को पेसी तोकिएको थियो, जसलाई रामबहादुर खनालको तर्फबाट स्थगित गरियो।

    अदालतले वैशाख ११ गतेका लागि सुनुवाइ तोकेको थियो। लामिछाने पक्षका वकिलले स्थगनको निवेदन दिएर सुनुवाइ स्थगित गराए। वैशाख २५ गते अर्को पेसी तोकियो। त्यस दिन पूर्वडीआईजी छविलाल जोशीका वकिलहरूले पेसी सार्न निवेदन दिएका थिए, जसको कारण पेसी स्थगित गर्दै बिहीबारका लागि नयाँ पेसी तोकियो।

    सबै प्रतिवादीका वकिलहरूले सहमति जनाएर पेसी स्थगितको निवेदनमा हस्ताक्षर गरेका थिए। तर पछिल्लो चरणमा लामिछाने पक्षका वकिलहरूले विनाजानकारी पेशी सारिएको भन्दै इजलासमा विरोध जनाएका छन्। उक्त मुद्दामा २ पटक मात्रै पेसी सार्न मिल्ने भए पनि ४ पटकसम्म स्थगन गरिएको उपरजिस्टार पनेरुको भनाइ छ।

    यदि एउटा अदालतमा मुद्दा विचाराधीन छ भने अर्काे अदालतको आदेशले कारागार पठाइएपछि प्रतिवादीले उक्त मुद्दा विचाराधीन रहेको अदालतमा लिखित जानकारी दिनुपर्छ। तर लामिछानेले आफू थुनामा रहेको जानकारी उच्च अदालत पोखरालाई गराएका छैनन्।

    उक्त मुद्दामा शुक्रबार उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र मिलन राईको संयुक्त इजलासमा सुनुवाइ सकिएको छ। केहीबेरमा आदेश आउने पनेरुले बताए।

  • सर्वोच्चमा लामिछानेको बन्दी रिटमा सुनुवाइ समाप्त

    सर्वोच्चमा लामिछानेको बन्दी रिटमा सुनुवाइ समाप्त

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सम्पन्न भएको छ।

    न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासमा उक्त रिटसहित अन्य दुई रिटमाथि पनि सुनुवाइ सकिएको हो। अब आदेश आउन बाँकी छ।

    उक्त अन्य दुई रिट लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाएर वैशाख ७ गते दायर गरेका थिए।

    त्यसै दिन लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतमा दर्ता गराएकी थिइन्।

  • रवि लामिछानेको बन्दी रिट दुई न्यायाधीशको संयुक्त इजलासमा

    रवि लामिछानेको बन्दी रिट दुई न्यायाधीशको संयुक्त इजलासमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा परेको छ।

    वैशाख ७ गते लामिछानेकी श्रीमती निकिता पौडेलद्वारा दायर गरिएको रिट वैशाख ८, २८ र ३० गते पेसीमा चढे पनि सुनुवाइ ‘हेर्न नमिल्ने’ भनेर स्थगित भएको थियो। तर वैशाख ९ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले उक्त रिटमा कारण देखाऊ आदेश जारी गरेको थियो।

    त्यस्तै, रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीले सहकारी प्रकरणमा उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनालाई विपक्षी बनाउँदै दायर गरेका दुई अन्य रिटमाथि पनि आज सोही इजलासमा सुनुवाइ हुँदैछ।

  • कारागारमै भेटिए रवि लामिछाने, मिटरब्याज पीडितले पोखे पीडा

    कारागारमै भेटिए रवि लामिछाने, मिटरब्याज पीडितले पोखे पीडा

    काठमाडौं ।  मिटरब्याज तथा ठगीविरुद्ध संघर्षरत किसान–मजदुरहरूले रास्वपा सभापति रवि लामिछानेसँग रुपन्देही जिल्ला कारागारमा भेट गरेका छन्।

    मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका संयोजक अवधेश कुशवाह र निर्घ नविनसहितको टोलीले लामिछानेलाई भेट गर्दै आफ्नो गुनासो राखेको हो। उनीहरूले सरकार मिटरब्याज पीडितप्रति उदासीन बनेको आरोप लगाए।

    गृहमन्त्री हुँदा लामिछानेले पीडितहरूसँग गरिएका सम्झौताहरू नयाँ सरकारले कार्यान्वयन नगरेको भन्दै टोलीले चिन्ता व्यक्त गर्‍यो। ‘पहिला जुन तत्परताका साथ काम भएको थियो, अहिले त्यो देखिँदैन’, संघर्ष समिति सदस्य निर्घ नविनले भने, ‘सरकारले हामीलाई चिन्न छाडिसकेको जस्तो भैरहेको छ।’

    संयोजक कुशवाहका अनुसार विभिन्न जिल्लाहरूमा प्रहरी र सिडिओ परिवर्तन भएसँगै पीडितहरूलाई नै मुद्दा लगाएर पक्राउ गर्न थालिएको छ। उनले सरकार साहुकारहरूलाई जोगाउन लागि परेको आरोप लगाए। ‘गृह मन्त्रालयको ढोका अहिले पीडितका लागि बन्द जस्तै भएको छ’, उनले भने।जवाफमा रवि लामिछानेले पीडितहरूलाई नआत्तिन र एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

    ‘धनी र गरिबबीचको लडाइँ लामो हुन्छ, तर अन्ततः न्यायको जित हुन्छ,’ उनले भने। ‘तपाईंहरू बीच फाटो आउन दिनुहुन्न।  मलाई हेर्नुस्, म जनताको लागि लडेँ र आज यो अवस्था आएको हो। न्याय पाउनुअघि पीडामा पर्नु नैपर्छ। तर अन्ततः तपाईंहरूलाई न्याय अवश्य मिल्छ।’लामिछानेले सरकारले जनताको आवाज सुन्नु पर्नेमा जोड दिँदै, ‘आज नभए भोलि, यो सरकारले नभए अर्कोले तपाईँको आवाज अवश्य सुन्छ’, भने।

  • रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश

    रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश

     काठमाडौं ।  रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध दायर गरिएको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट अब संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ।

    मंगलबार प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले उक्त रिटलाई संयुक्त इजलासमा पेशी तोक्न आदेश दिएको हो। अब सो रिटमा संयुक्त इजलासमार्फत थप सुनुवाइ हुनेछ।

    लामिछाने हाल सहकारी ठगी प्रकरणमा बुटवल उच्च अदालतको आदेशअनुसार पुर्पक्षका लागि रुपन्देही कारागारमा थुनामा छन्। उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

  • निकिता पौडेलले दायर गरेको रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने

    निकिता पौडेलले दायर गरेको रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने

    काठमाडौं । गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ।

    रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएको थियो। तर, सो रिट हेर्न नमिल्ने सूचीमा राखिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।रविको तर्फबाट उनकी पत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

    सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, सो आदेशविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवलमा पुनरावेदन गरिएको थियो।

    उच्च अदालतले चैत २२ गते जिल्ला अदालतको आदेश उल्टाउँदै लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।उक्त आदेशविरुद्ध लामिछानेका तर्फबाट सर्वोच्च अदालतमा यसअघि नै निवेदन दायर भइसकेको छ। सो निवेदनमा सर्वोच्च अदालतले सरकारलाई कैफियत प्रतिवेदन पेश गर्न आदेश दिइसकेको छ।