Tag: क्रिकेट

  • कुशल भुर्तेलकाे शतक

    कुशल भुर्तेलकाे शतक

    काठमाडौं । कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध सय रन पूरा गरेका छन् ।

    ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा कुशलले शतक पूरा गरेका हुन् । कुशलले ५७ बलमा शतक पूरा गरेका हुन् ।

    टस हारेर ब्याटिङ गरिररहेकाे नेपालले २ विकेट गुमाएर २०० रन पूरा गरिसकेकाे छ ।

    कुशल नेपालबाट टि२० आईमा शतक बनाउने तेस्रो खेलाडी हुन् ।

    यसअघि नेपालबाट २०१९ को १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध ज्ञानेन्द्र मल्लले ५५ बलमा १ सय ७ रनको शतकीय इनिङ खेलेका थिए ।

    पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ५२ बलमा १ सय ६ रनको अविजित शतकीय इनिङ खेल्दै टि२० आईमा शतक प्रहार गर्ने नेपालबाट पहिलो खेलाडी बनेका थिए ।

  • कुशल भुर्तेलकाे अर्धशतक

    कुशल भुर्तेलकाे अर्धशतक

    काठमाडौं । कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

    ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा कुशलले अर्धशतक पूरा गरेका हुन् । कुशलले ३२ बलमा ९ चाैका प्रहार गरी अर्धशतक पूरा गरेका हुन् ।

    टी २० आईमा कुशलको यो पाँचौँ अर्धशतक हो । टस हारेर ब्याटिङ गरिररहेकाे नेपालले २ विकेट गुमाएर १०० रन पूरा गरिसकेकाे छ ।

  • फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, गुम्याे २ विकेट

    फिलिपिन्सविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, गुम्याे २ विकेट

    काठमाडाैं । नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत दोस्रो खेलमा शनिबार फिलिपिन्सविरुद्ध ब्याटिङ गरिरहेकाे छ । फिलिपिन्सविरुद्ध ब्याटिङमा उत्रिएको नेपालले दोस्रो विकेट गुमाएको छ ।

    अल अमारेत मैदानमा जारी खेलमा नेपालले कुशल मल्लको विकेट गुमाएको हो । कुशल १२ रनमा आउट भए ।

    फिलिपिन्सका मिग्गी पोडोस्कीले कुशलको विकेट लिए । नेपालले ६ ओभर बलिङ गर्दा २ विकेट गुमाएर ३६ रन जोडेको छ ।

    नेपालले पहिलाे विकेटकाे रुपमा आशिफ शेख गुमाएको हो । आशिफ शुन्यमा आउट भए । फिलिपिन्सका ड्यानियल स्मीथले आफ्नो पहिलो ओभरको पहिलो बलमै आशिफको विकेट लिएका थिए ।

  • नेपालकाे उत्कृष्ट बलिङ, ओमानमाथि शानदार जित

    नेपालकाे उत्कृष्ट बलिङ, ओमानमाथि शानदार जित

    काठमाडौं । ओमानमा जारी टि–२० विश्वकप क्वालिफायरमा नेपालले ओमानविरुद्ध शानदार जित निकालेकाे छ ।

    नेपालले ओमानलाई ३९ रनले पराजित गरेकाे हाे । ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् ।

    यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको ओमनले १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमात्र बनाउन सक्याे ।

    खेलमा नेपालले सुखद् सुरुवात गर्न सकेकाे थिएन । नेपालले सुरुवातमा आशिफ शेखलाई ४ र कुशल भुर्तेललाई ५ रनमै गुमाएको थियाे ।

    त्यसपछि आएका ज्ञानेन्द्र मल्लले १५ रन बनाउँदा दीपेन्द्र सिंह ऐरी ११ रनमा पभेलियन फर्किए । धर्मराएको नेपालको ब्याटिङ लाइन आरिफ शेखले सम्हालेका थिए । उनले ३८ रन बनाएका थिए । त्यसबाहेक लोकेश बम र कप्तान सन्दीप लामिछानेले समान १६ रन बनाए ।

    जवाफी ब्याटिङमा उत्रिएको ओमनका ओपनर कश्यप प्रजापतिलाई रन नजोड्दै कमलसिंह ऐरीले आउट गराए । त्यस्तै, आयन खान ३ रनमा आउट हुँदा जतिन्दरसिंह ९ रनमा पभेलियन फर्किए । ओमनका सुरुवाती ५ ब्याट्सम्यानहरुले दोहोरो अंकको रन जोड्न नसक्दा नशिम खुशीले १८ बलमा १ चौका र २ छक्काको सहायतामा ओमनको पारी उकासेका थिए ।

    नेपालले अर्को खेलमा शनिबार फिलिपिन्सको सामना गर्नेछ । अर्काे खेल साेमबार क्यानडासँग खेल्नेछ ।

  • नेपालले दियाे ओमानलाई ११८ रनकाे लक्ष्य

    नेपालले दियाे ओमानलाई ११८ रनकाे लक्ष्य

    काठमाडौं । ओमानमा जारी टी-२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल ११७ रनमा सीमित भएकाे छ । टस हारेर ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ८ विकेटको क्षतिमा ११७ रन मात्र बनाउन सफल रह्याे ।

    नेपालका लागि आरिफ शेखले ३८ रन बनाउनुबाहेक अन्यले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । ओमानका लागि खवार अलीले तीन र विलाल खानले दुई विकेट लिए ।

  • टि२० विश्वकप छनोट : ओमानविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

    टि२० विश्वकप छनोट : ओमानविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

    काठमाडाैं । नेपालले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट एको पहिलो खेलमा ओमानविरुद्ध टस हारेकाे छ ।

    अल अमरेत क्रिकेट मैदानमा १ मा घरेलु टोली ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

    यसअघि चार देशबीच टि२० आई सिरिजमा नेपाल ओमानसँग ६ विकेटले विजयी भएकाे थियाे । उक्त खेलमा १ सय ३६ रनको विजयी लक्ष्य नेपालले ४ विकेट गुमाएर १९.३ ओभरमा पूरा गरेको थियो ।

  • दिपेन्द्रकाे उत्कृष्ट प्रदर्शन, आयरल्यान्डबाट नेपालले पायाे १२८ रनको लक्ष्य

    दिपेन्द्रकाे उत्कृष्ट प्रदर्शन, आयरल्यान्डबाट नेपालले पायाे १२८ रनको लक्ष्य

    काठमाडौं । ओमानमा जारी चार देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आयरल्यान्डबाट एक सय २८ रनको लक्ष्य पाएको छ ।

    टस जितेर फिल्डिङ राेजेकाे नेपालका लागि ब्याटिङ अलराउन्डर दिपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गरे ।

    दिपेन्द्रले ४ ओभरमा २१ रन खर्चिएर ४ विकेट लिए ।

  • नेपाल यूएईसँग २५ रनले पराजित

    नेपाल यूएईसँग २५ रनले पराजित

    काठमाडाैं । चारदेशीय टी२० खेलमा नेपाल यूएईसँग २५ रनले पराजित भएको छ ।

    ओमानस्थित अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा तीन विकेट गुमाएर एक सय ९२ रन बनाएकाे थियाे । १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन मात्र बनाउन सफल भयाे ।

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३३ बलमा सर्वाधिक ४१ रन जोडे । डेब्यू गरेका लोकेश बमले २१ बलमा ३३ रनको योगदान गरे ।

    यूएईका रोहन मुस्तफा र कासिफ दाउदले समान दुई–दुई विकेट लिए । जुनैद सिद्धिकीले एक विकेट हात लिन सफल भए ।

    यूएईका लागि चिराज सुरीले विस्फोटक ब्याटिङ गरी सर्वाधिक ८४ रन बनाएका थिए । उनले ५ चौका र ५ छक्का हान्न सफल भए । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिएका थिए ।

  • यूएईले दियाे नेपाललाई १ सय ९३ रनको लक्ष्य

    यूएईले दियाे नेपाललाई १ सय ९३ रनको लक्ष्य

    काठमाडाैं । यूएईविरुद्धको टी२० खेलमा नेपालले १ सय ९३ रनको लक्ष्य पाएको छ ।

    ओमानकाे अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा तीन विकेटकाे क्षतिमा १ सय ९२ रन बनायो ।

    यूएईका लागि चिराज सुरीले विस्फोटक ब्याटिङ गर्दै सर्वाधिक ८४ रन बनाए । यस क्रममा उनले ५ चौका र ५ छक्का हान्न सफल भए । त्यस्तै, रोहन मुस्तफाले ४९ तथा मुहम्मद वसिमले २२ रनको योगदान दिए ।

    नेपालका लागि शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिए ।

  • दिपेन्द्रको उत्कृष्ट ब्याटिङ, ओमानविरुद्ध नेपालको राेमाञ्चक जित

    दिपेन्द्रको उत्कृष्ट ब्याटिङ, ओमानविरुद्ध नेपालको राेमाञ्चक जित

    काठमाडौं । दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट इनिङमा नेपालले ओमानविरुद्ध ६ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

    ओमानले दिएकाे १३६ रनकाे लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेटकाे क्षतिमा पूरा गरेकाे हाे । नेपालका लागि ऐरीले ५३ बलमा सर्वाधिक ७३ रन बनाए ।

    यसैगरी नेपालका लागि आरिफ शेखले २५ रन बनाए ।

    यसअघि टस हारेर ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।

    ओमानका कप्तान जिशान मकसुदले ४१ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४३ रन बनाएका थिए ।