Tag: विवेकशील साझा पार्टी

  • विवेकशील साझामा नयाँ नेतृत्व : अध्यक्षमा समीक्षा बास्कोटा, महासचिवमा रञ्जु दर्शना

    विवेकशील साझामा नयाँ नेतृत्व : अध्यक्षमा समीक्षा बास्कोटा, महासचिवमा रञ्जु दर्शना

    काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन् ।

    काठमाडौँमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट बास्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए ।

    यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन हुँदा महासचिव रञ्जु दर्शना सर्वसम्मत भएकी छन् ।

    दाहालका अनुसार सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन हुँदा कोषाध्यक्ष दामोदर नेपाल निर्वाचित भएका छन् । महाधिवेशन हलबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरियो ।

    केन्द्रीय सदस्यमा भने आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ । त्यसका लागि केहीबेरमै निर्वाचन प्रक्रिया सुरु हुने दाहालले बताए । विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ ।

  • पाण्डे पक्षधरले विवेकशील अभियान नयाँ सिराबाट सुरु गर्ने, असोज तीनमा भेला

    पाण्डे पक्षधरले विवेकशील अभियान नयाँ सिराबाट सुरु गर्ने, असोज तीनमा भेला

    काठमाडौं । विवेकशील साझा पार्टीका मिलन पाण्डे समूहले विवेकशील अभियान नयाँ सिराबाट सुरु गर्ने भएको छ ।

    अभियान नयाँ शिराबाट सुरु गर्नका लागि आगामी असोज ३ गते ‘अगुवा भेला’को आह्वान गरेको छ । शुक्रबार सामाजिक सञ्जालमार्फत् पाण्डेले यो कुरा सार्वजनिक गरेका छन् ।

    पाण्डेले विवेकशील साझा पार्टी निर्माणमा आफूहरूले १० वर्ष खर्चेको पनि बताएका छन् ।

    ‘विगत १० वर्षमा वैकल्पिक राजनीति अभियान र विवेकशील साझा पार्टी निर्माणमा हामीले धेरै राम्रा काम गर्‍यो। केही गल्तीहरू पनि गर्‍यो । यो सबै सिकाइ र भोगाइसहित अब फेरि यो अभियानलाई नयाँ शिराबाट उठाउने बेला आएको छ,’ उनले भनेका छन् ।

    यो समूह विवेकशील अभियानको संस्थापन समूह हो ।

    २०७४ को स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली दलका रूपमा रहेको यो समूहले त्यसपछि रवीन्द्र मिश्रको साझा पार्टीसँग एकता गरेर विवेकशील साझा पार्टी बनेको थियो ।

    एकीकृत पार्टीको अध्यक्ष बनेका मिश्रले ‘बिचार भन्दामाथि देश’ अवधारणा ल्याएर हिन्दूराज्य, संवैधानिक राजतन्त्र र संघीयतामाथि प्रश्न उठाएपछि पाण्डे समूहले फरक मत राखेको थियो । पाण्डे समूह संविधानका व्यवस्थाको पक्षमा रहेर पार्टी अघि बढ्नुपर्ने धारणा राखिरहेकाे छ ।

  • विवेकशील साझा पार्टीको प्रवक्ताबाट पाठकको राजीनामा

    विवेकशील साझा पार्टीको प्रवक्ताबाट पाठकको राजीनामा

    काठमाडौं । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले प्रवक्ताको जिम्मेवारीबाट बिहीबार राजीनामा दिएका छन् ।

    पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

    पाठक विगतमा साझा पार्टीको पनि प्रवक्ता थिए । विवेकशीलसँग पुनः एकीकरणपछि पनि उनलाई एकीकृत पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको थियो ।

    पाठक २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए ।

  • काठमाडौंमा बास्कोटालाई मेयर र तुलाधरलाई उपमेयरको उम्मेदवार बनाउने विवेकशील साझाको निर्णय

    काठमाडौंमा बास्कोटालाई मेयर र तुलाधरलाई उपमेयरको उम्मेदवार बनाउने विवेकशील साझाको निर्णय

    काठमाडाैं । विवेकशील साझा पार्टीले समीक्षा बास्कोटालाई काठमाडौं महानगरपालिकाको मेयर र कीर्ति तुलाधरलाई उपमेयर पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    सोमबार बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठकले ‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ : राजधानीको गौरव पुनर्स्थापित गरौँ’ भन्ने नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय भएको पार्टी प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

    समिक्षा बास्कोटा विवेकशील साझा पार्टीको बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल केन्द्रीय समितिकी सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् । उनी गएको निर्वाचनमा काठमाडौं क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवारसमेत बनेकी थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन् ।

    यस्तै, कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसीजको अहिलेसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन् । उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघसंगठनको नेतृत्वदायी भूमिकामा छिन् ।

    दुवै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने पार्टीले जनाएको छ ।

    घोषणापत्र मूलत ७ वटा बुँदाहरूमा केन्द्रीत हुने प्रवक्ता शरदराज पाठकले जानकारी दिए । जसमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला संस्कृतिको सम्वर्द्धन र पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी नालाको सफाई र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौं, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा हुने पाठकको भनाइ छ ।

  • रविन्द्र मिश्रले एकलाैटी गर्न खाेज्दा विवेकशील साझा पार्टीमा लफडा

    रविन्द्र मिश्रले एकलाैटी गर्न खाेज्दा विवेकशील साझा पार्टीमा लफडा

    काठमाडौं । विवेकशील साझा पार्टीको दुई पक्षबीच विवाद बढ्दै गएपछि पार्टीको बखुण्डोलस्थित केन्द्रीय पार्टी कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

    मंगलबार पार्टी कार्यालयमा दुईपक्षको विवाद उत्कर्षमा पुगेपछि पार्टी कार्यालय बन्द गरिएको हो । पार्टी कार्यालयमा संगठन विभाग प्रमुख निर्देश सिलवाल नेतृत्वको असन्तुष्ट समूहले पत्रकार सम्मेलन गर्न लागेको अवस्थामा अर्को पक्षले अवरोध गरेको थियो । यसअघि सोमबार असन्तुष्ट पक्षले अध्यक्ष रविन्द्र मिश्रलाई किन कारबाही नगर्ने भनेर तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । जसको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलन विवादपछि भाडिएको थियो ।

    विवेकशीलका असन्तुष्ट नेता सिलवालले पार्टीभित्र भएका अन्यायका बिषय राख्न खोज्दा रोक्न खोजिएको बताए । उनले पार्टी भित्र अध्यक्ष मिश्र अल्पमतमा परेको र हस्ताक्षरसहित आफूहरुले निर्वाचन आयोगमा जानकारी गराएको दावी गरे । उनले पार्टीलाई कुनै पनि हालतमा राप्रपाकरण हुन नदिने स्पष्ट पारे ।

    त्यस्तै, संस्थापन पक्षका नेता सरदराज पाठकले पार्टीको शुभकामना आदान प्रदान कार्यक्रमलाई बिथोल्न अर्को पक्षले पत्रकार स्म्मेलन गर्न खोजेपछि विवाद भएको बताए । पार्टीको विधि विधान नमान्ने पक्षले तनाव सिर्जना गर्न खोजेको आरोप उनले लगाए । आफू अनुकुलको निर्णय गराउन नसक्दा अर्को पक्षले अनावश्यक विकृति उत्पन्न गर्न खोजेको धारणा राखे ।

    विवाद पछि पार्टीले सूचना जारी गर्दै अनधिकृत व्यक्तिहरुले कार्यक्रम गर्न खोजेको र त्यसको कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी अनिश्चितकालका लागि कार्यालय बन्द गरेको जनाएको छ । दुई पक्षको विवादलाई मध्यनजर गर्दै पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको थियो ।

  • राप्रपासँग सम्भावित एकतामा ‘विवेकशील साझा’को नाम दुरुपयोग नगर्न मिलन पाण्डे समूहकाे चेतावनी

    राप्रपासँग सम्भावित एकतामा ‘विवेकशील साझा’को नाम दुरुपयोग नगर्न मिलन पाण्डे समूहकाे चेतावनी

    काठमाडाैं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेको समूहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकीकरण गर्ने कुरा अध्यक्ष रवीन्द्र मिश्रले सञ्चारमाध्यममा जानकारी गराएपछि विवेकशील साझाकाे नाम दुरुपयाेग नगर्न चेतावनी दिएको छ ।

    शुक्रबार मिश्रकाे घर पुगेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी एकताको प्रस्ताव राखेको र त्यसमा रवीन्द्र मिश्र पनि सकारात्मक देखिएको खबर सार्वजनिक भएपछि पाण्डे समूहतर्फका विवेकशील साझा पार्टीका प्रवक्ता हरिशप्रसाद भट्टले विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन् ।

    जारी विज्ञप्तिमा भनिएको छ,‘विवेकशील साझा पार्टी र राप्रपाबीच एकीकरणको प्रस्तावबारे स्वयं रविन्द्र मिश्रले सञ्चारमाध्यमलाई दिएको भनाइप्रति हाम्रो गम्भीर विमति छ । यस्तो ‘एकताको प्रस्ताव’मा विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएर बनेको विवेकशील साझा पार्टीको नाम दुरुपयोग नगर्न हामी रवीन्द्र मिश्रजीलाई सचेत गराउँदछौँ ।’

    पार्टीलाई व्यवस्था विरोधी, राजावादी बनाउने र पार्टीका नेताहरूलाई वैकल्पिक राजनीतिको मर्मविपरीत धारमा उभिन बाध्य बनाउने मिश्रको कदममा सहभागी नहुन पनि पार्टी सदस्यहरूलाई विज्ञप्तिमार्फत अपिल गरिएको छ ।

  • राप्रपा र विवेकशील साझाबीच एकताको चर्चा : रविन्द्र मिश्रले लेखे ‘आशाजनक संवाद’

    राप्रपा र विवेकशील साझाबीच एकताको चर्चा : रविन्द्र मिश्रले लेखे ‘आशाजनक संवाद’

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझाबीच पार्टी एकताबारे चर्चा सुरु भएकाे छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर राणाले विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रसँग भेट गरेपछि याे चर्चा सुरु भएकाे हाे ।

    भेटका क्रममा पार्टी एकताकाे सम्भावनाबारे छलफल भएकाे बताइएकाे छ । भेटमा बलियो वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि पार्टी एकता गरेर जान सक्ने सम्भावनाका बारेमा प्रारम्भिक कुराकानी भएको स्राेतले बताएकाे छ ।

    नेताहरूको भेटको तस्विर फेसबुकमा राखेर विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दुई पार्टीका बीचमा ‘आशाजनक संवाद’ भएको पनि उल्लेख गरेका छन् ।

    मिश्रले फेसबूकमा लेखेका छन्, ‘बिहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद ! आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवल शमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुवैप्रति आभारी छु ।’

    मिश्रले पछिल्लाे समय ‘विचारभन्दा माथि देश’ भन्ने दस्तावेज तयार पारेर संघीयता र धर्मनिरपेक्षताबारे प्रश्न उठाइरहेका छन् ।

  • मिलन पाण्डेले आफूमाथि गरिएकाे कारबाही अस्वीकार गर्ने

    मिलन पाण्डेले आफूमाथि गरिएकाे कारबाही अस्वीकार गर्ने

    काठमाडाैं । विवेकशील साझा पार्टीकाे संयाेजकबाट कारबाहीमा परेका मिलन पाण्डेले आफूमाथि गरिएकाे कारबाही अस्वीकार गर्ने बताएका छन् ।

    मङ्गलवार पार्टी अध्यक्ष रवीन्द्र मिश्रले साधारण सदस्यसमेत नरहने गरी पाण्डेलाई निष्कासित गरेकाे विज्ञप्तिमार्फत जानकारी गराएका थिए । त्यसकै प्रतिक्रियाका रूपमा पाण्डेले कारबाही अवैध रहेकाे भन्दै अस्वीकार गर्ने जनाएका छन् ।

    सामाजिक सञ्जालमार्फत पाणडेले भनेका छन्, ‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मत भिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्नेमा त्याे विपरीत ‘पार्टीबाट निष्कासन’ गरेको भनेर कुत्सित मनसायसाथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु ।’

    यस्तै, पाण्डेले पार्टीको विचार त्यागेका, विधान च्यातेका र एकीकरण घोषणापत्र माथि लात हानेका पार्टीका कुनै पनि नेतालाई विवेकशील साझा पार्टीको नाम, चिह्न र पहिचान प्रयोग गर्ने कुनै अधिकार नभएकाेसमेत उल्लेख गरेका छन् ।

  • विवेकशील साझा पार्टीबाट संयोजक मिलन पाण्डे निष्कासित

    विवेकशील साझा पार्टीबाट संयोजक मिलन पाण्डे निष्कासित

    काठमाडाैं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मंगलबार एक पत्र पठाएर पाण्डेलाई ​पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको जानकारी दिएका छन् ।

    अध्यक्ष मिश्रले यसअघि मंसिर २८ गतेको केन्द्रीय सम्पादन समितिको बैठकको निर्णयानुसार सोधिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको पनि जनाएका छन् ।

    मिश्रले पाण्डे​माथि पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र पाण्डेले समानान्तर समिति नै घोषणा गरेकाले साधारण सदस्यबाट हटाएको जनाएका छन् ।

    मिश्रले पत्रमा भनेका छन् ‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुस ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईँलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।’

    मिश्रले पार्टीको नाम, लेटर हेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री प्रयोग नगर्न पनि भनेका छन् । उनले यदि त्यसो गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाउने पनि पत्रमा उल्लेख छ ।