जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र हाेइन : पूर्वराजा ज्ञानेन्द्र

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको भनि टिप्पणी गरेका छन् ।

७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिने क्रममा उनले प्रजातन्त्रको नाममा भइरहेको अभ्यासले राष्ट्रिय एकतालाई संकटापन्न अवस्थामा पुर्‍याएको आरोप पनि लगाएका छन् ।

यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्नेबारेमा समीक्षा गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘अरूले ओढाइदिएको आसमानमुनि छिरेर ओभानो बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र हुन सक्दैन । जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र होइन ।’

देशको प्रकृति र परिवेशबाट पृथक् भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु पनि प्रजातन्त्र नरहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१