
युक्रेनी सेनाले बिहीबार देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ ।
‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भने ।
बाइडेनद्वारा युक्रेन आक्रमणको निन्दा
युक्रेनमा रुसको “उत्तेजना र अनुचित आक्रमण” को निन्दा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वनियोजित युद्धले जीवन र मानवीय क्षति निम्त्याउने बताएका छन् ।
‘राष्ट्रपति पुटिनले पूर्वनियोजित युद्ध छनोट गरेका छन् जसले विनाशकारी मानवीय क्षति र मानवीय पीडा ल्याउनेछ’ ह्वाइट हाउसबाट जारी विज्ञप्तिमा बाइडेनले भनेका छन् । अमेरिकी राष्ट्रपतिले अहिले ह्वाइट हाउसबाट स्थितिको अनुगमन गर्ने र बिहान आफ्ना जी-७ समकक्षीहरूसँग भेट गर्ने जानकारी पनि दिएका छन् ।