युक्रेनले भन्याे : रुसी बम आक्रमणमा परी सात जनाको मृत्यु

रुसी बम आक्रमणमा परी सात जनाको मृत्यु भएको युक्रेनी प्रहरीले जनाएको छ ।

पोडिल्स्कमा रहेको सैन्य शिविरमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको र सात जना घाइते भएको अधिकारीहरूले बताएका छन् । १९ जना बेपत्ता रहेको बताइएको छ ।

प्रहरीका अनुसार मेरियोपोलमा एक जनाको मृत्यु भएको छ ।

रुसी राष्ट्रपति पुटिनले बिहीबार बिहान युक्रेनमा सैन्य कारबाही गर्ने घोषणा गरेका छन् । त्यसयता रुसले युक्रेनका धेरै सैन्य अखडाहरूमा आक्रमण गरिसकेको छ । युक्रेनले पनि यसको पुष्टि गरेको छ र धेरै ठाउँमा मिसाइल आक्रमण भएको जनाएको बीबीसीले उल्लेख गरेकाे छ ।

यद्यपि, रुसले आफूले नागरिकको इलाकामा हमला गरेको भन्ने दाबी अस्विकार गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१