नेप्सेमा ५९ अंककाे पहिराे

काठमाडाैं । बिहीबार नप्सेमा ५९ अंककाे पहिराे गएकाे छ । बिहीबार नेप्से ५८ दशमलव ९९ अङ्कले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ बिन्दुमा झरेको छ ।

बिहीबार सबै समूहको शेयर घट्दा बजार राताम्मे देखिएको छ । बीमा, उत्पादन, माइक्रोफाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

नेप्से घटे पनि कारोबार रकममा भने सुधार आएको छ । २ सय २९ कम्पनीका ८४ लाख ९० हजार कित्ता शेयर ४ अर्ब २९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएकाे छ ।

बिहीबार सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको २६ करोड ९७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

यस्तै, युनिभर्सल पावर कम्पनीको शेयर झन्डै ६ प्रतिशतले र न्यादी हाइड्रोको शेयर साढे ५ प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि हिमालयन जनरल इन्स्याेरेन्स कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१