९६ घण्टामा ढल्न सक्छ युक्रेनकाे राजधानी किभ !

युक्रेनको राजधानी किभमा शुक्रबार बिहानदेखि गोलाबारी र बम हमला भइरहेको छ। बिस्फोट र आगोले राजधानीको आकाश बादलको मुस्लोले ढाकेको तस्बिर अन्तर्राष्ट्रिय मिडियाहरुले प्रकाशन प्रशारण गरिरहेका छन् ।

रुसले प्रहार गरेकाे मिसाइलले आवासीय भवनमा क्षति भएको छ । युक्रेनी सेनाले रुसी एसयु–२७ जेटलाई राजधानी किभमा एउटा मिसाइल प्रहार गरेर खसालिदिएको जनाइएको छ ।

किभ ९६ घण्टामा ढल्ने र एक सातामा सरकार ढल्ने अमेरिकी सुरक्षा अधिकारीहरुले आँकलन गरेका छन् ।

रुसी फौजले चेर्नोबायल आणविक भट्टीलाई नियन्त्रणमा लिएको छ। भट्टी वरपर रुसी ट्यांक परिचालन गरिएका छन् । यसैबीच नेटोको सदस्य टर्कीले आफ्नो एउटा जहाज ओडेसानजिक आक्रमणमा परेको जनाएको छ ।

रुसले राजधानी किभमा बम प्रहार गर्न सक्ने सरकारको चेतावनीपछि सहरका मानिसहरु बासिन्दा ज्यान जोगाउन आश्रयतर्फ भागिरहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१