
रुसले गरेको तोप आक्रमणका कारण युक्रेनको उत्तर–पूर्वी शहर ओख्तिर्कामा ७० युक्रेनी सैनिक मारिएका छन् ।
आइतबार रुसले प्रहार गरेको तोपका कारण ठूलो संख्यामा हताहती भएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सुमी राज्यका प्रशासनिक प्रमुख डिमित्रो ज्हिभिट्स्कीका अनुसार रुसी तोपले युक्रेनी सेनाको युनिट नै ध्वस्त पारेको हो ।
भग्नावशेषबाट शव निकाल्न स्वयम् सेवी तथा उद्धारकर्मीहरु खटिएका छन् ।
घटनामा रुसी सेनातर्फ पनि ठूलो क्षति भएको उनले बताएका छन् । रुसी शवहरु रेडक्रसकाे जिम्मा लगाइएको पनि उनले बताएका छन् ।