
रूसले आक्रमण गरेको युक्रेनमा एक जना भारतीय विद्यार्थी मारिएका छन् ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमा युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मंगलबार बिहान एक भारतीय विद्यार्थी मारिएको जानकारी दिएका हुन् ।
ती विद्यार्थी गोली लागेको जनाइएको छ । उनीमाथि गाेली कसले चलाएकाे भन्ने खुलेकाे छैन ।
रूसले गएकाे बिहीबारदेखि युक्रेनमाथि आक्रमण गरिररहेकाे छ ।
भारतले अहिलेसम्म रूसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गरेको छैन । यो बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुरा गरेका थिए ।
उनले दुवै पक्षलाई संयमता अपनाउन मात्र भनेकाे भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए ।